सेप्टेम्बर ८ मा नागोयामा तीज विशेष एकल नृत्य प्रतियोगिता हुने

ENGLISH

NRN GLOBAL

सेप्टेम्बर ८ मा नागोयामा तीज विशेष एकल नृत्य प्रतियोगिता हुने

निशान राना ,नागोया

5 September, 2018 | Sandeep Bhattarai | 12150 Views | comments

सेप्टेम्बर ८ मा नागोयामा तीज विशेष एकल नृत्य प्रतियोगिता हुने

गैर आवासीय नेपाली संघ जापान, टोकाई होकुरिकुको आयोजनामा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा एकल तीज गीत नृत्य प्रतियोगिता तथा नि:शुल्क दर खुवाउने कार्यक्रम गर्ने भएको छ।

कार्यक्रम सेप्टेम्बर ८ मा दिउँसो १ बजे बाट साँझ ८ बजे सम्म नागोयाको नाकाकु स्थित साकुरा काईकान हलमा हुने जानकारी आयोजकले दिएको छ। जापानबासी नेपाली दिदिबहिनीहरुको कलालाई मध्य नगर गर्दै सेप्टेम्बर ५ तारिक सम्मका लागि नामावली दर्ता खुल्ला गरिएकोमा बाह्र जना प्रतियोगिहरुको सहभागी हुने भएका छन् ।

प्रतियोगितामा तनुजा शर्मा, मार्साङ लामा, जानकी राना, साहारा पौडेल, अस्मिता खरेल, मिरा थापा, एलिना लामा, अनिता राई, यमु थापा ,माया पुर्जा मगर, पूजा अर्याल र दिपा सिटौलाको एकल नृत्य प्रस्तुति रहने छन्। उक्त कार्यक्रममा सहभागी प्रतियोगीहरुले नाच्ने गीत ५ मिनेट भन्दा कम हुनु पर्ने छ भने प्रतियोगीहरुको भेस्भुषालाई पनि विशेष प्राथमिकतामा राखिने जानकारी कार्यक्रम संयोजक दिपक कार्कीले दिएका छन्।

कार्कीका अनुसार निर्णयक मन्डलमा रहेका जजले दिएको अंकको आधारमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगिलाई क्रमशः पचास हजार ,तीस हजार र दश हजार जापानी येन नगद पुरुस्कार रहने तथा प्रतियोगी सबैलाई प्रमाणपत्रले सम्मान गरिने छ।

त्यसैगरि धार्दिङ् समाज जापान, क्षेत्रिय समिति नागोया समेत सह-आयोजक रहेको उक्त कार्यकममा नि:शुल्क दर खुवाउने कार्यक्रम पनि रहेको हुँदा जापानबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा अाई कार्यक्रमलाई भब्य र सभ्य बनाईदिनु हुन आयोजकले हार्दिक अनुरोध गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कठै ! फेवाताल

कठै ! फेवाताल

फेवातालको किनारामा देखिएको फोहर । पोखराको पर्यटकीय आकर्षणको केन्द्र...

इपिएल

इपिएल : सुपर ओभरमा हार्यो पोखरा, विराटनगर सात रनले विजयी

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा...

मेलबर्न फेस्टिबल

बुद्ध र सगरमाथाको देश भ्रमण गर्न अस्ट्रेलियन नेताद्धारा आग्रह

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा...

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK