सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

ENGLISH

ENTERTAINMENT

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

20 September, 2018 | Sandeep Bhattarai | 5530 Views | comments

धूम ३

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य अभिनय समेत रहेको चलचित्र ‘धूम ३’ ले पिजी सर्टिफिकेट पाएको छ । भोलि शुक्रबार देखि अल नेपाल रिलिजको तयारीमा रहेको यस चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको हो ।

जसले गर्दा १६ वर्ष मुनिका दर्शकहरुले यो चलचित्र हेर्न जाँदा अभिभावक सहित जानु पर्ने भएको छ ।जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘धूम ३’ को प्रस्तुतकर्तामा जाहन्बी बस्नेत र ब्रबिम बस्नेत रहेका छन् भने टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायाँकन, हिमाल के.सी.को द्वन्द, तुलसी बाँस्कोटाको सम्पादन एवं जय किशन बस्नेत र शिव बिक को नृत्य निर्देशन रहेको छ ।

हजारौंको संख्यामा ट्रोलहरु बनाएर सामाजिक सञ्जालहरुमा ब्यापक चर्चा बटुलि रहेको यस चलचित्रमा जयक किशन बस्नेत सहित एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम केसी, सपना श्रेष्ठ, सुरबिर पण्डित लगायतका कलाकारहरुले अभिनय गरेका छन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र ‘धूम २’ ले समेत सोचेको भन्दा राम्रो ब्यापार गरेकोले ‘धूम ३’ बाट अझ धेरै आशावादी भएको नायक तथा निर्देशक बस्नेतले बताएका छन् ।

पिजी सर्टिफिकेट

काल्पनिक नाटकीय ढर्रा भन्दा पनि मानवीय जिवनका यथार्थ दैनिकीमा आधारित रहेर चलचित्रको निर्माण गरिएकोले गर्दा पनि आम दर्शकहरुले चलचित्रलाई माया गर्नु हुनेछ’- उनको भनाई रहेको छ ।

धूम ४ को लागि सलमान भएनन् तयार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK