सेन्टरस्टेज एटलान्टामा नेपथ्यले नेपाली भाका घन्काउने

ENGLISH

सेन्टरस्टेज एटलान्टामा नेपथ्यले नेपाली भाका घन्काउने

22 June, 2016 | Bipin Acharya | 1315 Views | comments

गएको साल अमेरिका यात्राको क्रममा न्यूयोर्कको प्रसिद्ध ‘म्यानहटन सेन्टर’को ह्यामर्सटाइन बलरुमलाई तताएर फर्किएको नेपथ्य यसवर्ष एटलान्टाको ‘सेन्टरस्टेज’मा अवतरण गर्ने भएको छ ।

nepathya-3

यसपटक अमेरिकाको दक्षिणी भेगतर्फ पाइला चाल्ने नेपाली लोक रक टोली नेपथ्यलाई त्यस मुलुककै शक्तिशाली नेपाली संगठन एएनए (एशोशिएसन अफ दि नेपलीज इन दि अमेरिकाज्)ले प्रस्तुत गर्दैछ । सहरकै प्रसिद्ध हलमा नेपथ्यले आगामी जुलाइ २ तारिखका दिन नेपाली भाका घन्काउनेछ ।

सहरको आफ्नै ओपेरा, ब्याले र सिम्फोनी अर्केष्ट्रा विकास गर्न भ्याइसकेको एटलान्टा अमेरिकाकै एक मुख्य साँस्कृतिक एवं आर्थिक केन्द्रका रुपमा परिचित छ । यस सहरले सफल ओलम्पिक आयोजकको पगरी पनि गुथिसकेको छ ।

नेपथ्य ब्याण्डले एएनएसँग मिलेर यसअघि पनि आफूलाई महाशक्तिको भूमिमा प्रस्तुत नगरेको होइन । ११ वर्षअघि एरिजोनाको फिनिक्समा आयोजित एएनए अधिवेसनमा कन्सर्ट देखाउन टोली त्यता पुगेको थियो । एएनएसँगको यो दोश्रो सहकार्य हो ।

‘नेपथ्यलाई फेरि पनि अमरिकामा निम्त्याउन पाउँदा खुशी लागेको छ,’ एएनएका उपाध्यक्ष एवं यस वर्षको सम्मेलन आयोजक समितिका प्रमुख डा. शम्भुप्रसाद ढुँगाना भन्छन्, ‘नेपथ्यलाई सुहाउँदो मञ्चदेखि लिएर टोलीको प्राविधिक आवश्यकतासमेत को सक्दो व्यवस्थापन गर्दै स्तरिय प्रस्तुतीको बन्दोबस्त मिलाएका छौं ।’

गत वर्ष अमेरिका यात्रामा गएको यो टोलीले बाँकीका विभिन्न सहरमा आयोजनाका निम्ति स्तरियताको ठोस आधार नभेटिएपछि न्यूयोर्कको प्रस्तुतीलगत्तै फर्किएको थियो ।

‘त्यतिबेला अमेरिकाको दक्षिणी भेगमा बसोबास गर्ने थुप्रै नेपथ्यप्रेमीले चित्त दुःखाउनुभएको थियो,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपाला उहाँहरुमै समर्पित रहेर नेपथ्य जोडदार रुपमा प्रस्तुत हुनेछ ।’

अढाइ दसकदेखि नेपथ्यलाई सुन्दै हुर्किएका नेपाली तन्नेरीहरुको विस्तार संसारभर भएजस्तै अमेरिकामा अझ ब्यापक छ । त्यसैगरि स्वदेशमा जस्तै विदेसमा पनि यतिबेला नेपालीहरु आपसका विभिन्न कारण देखाएर अलग हुने प्रवृत्ति बढिरहेको बेलामा उनीहरुलाई नेपालीपनको धुनले जोड्नु नै आफ्नो अमेरिका यात्राको मूल उद्देश्य रहने नेपथ्यका मुख्य गायक एवं टोलीका अगुवा अमृत गुरुङ बताउँछन् ।

‘नेपाली नेपाली बीचको सकारात्मकता पहिल्याउँदै उनीहरुलाई जोड्ने प्रयास मैले सुरुदेखि देसभित्र वा वाहिर गर्दैआएको छु,’ गुरुङ भन्छन्, ‘मसँगसँगै मेरो म्यूजिक फर युनिटीको आव्हानले पनि अमेरिका यात्रा गर्नेछ ।’

उहिलेदेखि नेपथ्यलाई सुन्दैआएका दर्शकहरुमा संगीत ग्रहण गर्ने स्तरको विकास सँगसँगै नेपथ्यलाई पनि प्राविधिक हिसाबले माथि उठाउँदै लैजानु अनिवार्य भएको यस टोलीलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ बताउँछन् ।

‘चाहे नेपाल भित्र होस् वा वाहिर, हामी आयोजनास्थलदेखि लिएर प्राविधिक गुणस्तरसम्ममा सम्झौता गर्दैनौं,’ नेपालयका श्रेष्ठ भन्छन्, ‘प्रस्तुतीको स्तरलाई माथि उठाउनु नै हाम्रो मुख्य संघर्ष भएकाले कतिपय स्थानका श्रोताहरु समक्ष वाचा गरेर पनि हामी एकाएक रोकिनुपर्ने हुनसक्छ ।’

एक वर्ष ढिलो भए पनि अमेरिकाको दक्षिणवर्ती भेगमा बसोबास गर्ने श्रोता दर्शकसम्म पुग्न सफल भएकोमा खुशी लागेको श्रेष्ठले बताए ।

कार्यक्रम प्रस्तुतीका निम्ति जुनको तेश्रो साता अमेरिका पुग्ने नेपथ्यले २५ जुनका दिन ओर्लिएको सहर लस एन्जलसमा पनि आफूलाई प्रस्तुत गर्नेछ ।

‘फ्रेण्ड्स अफ नेपाल’को आयोजनामा त्यहाँस्थित बर्नम हलमा पहिलो कन्सर्ट आयोजना हुनेछ । संस्थाका अध्यक्ष मुकुन्द ढुँगानाका अनुसार कार्यक्रमका निम्ति सम्पूर्ण तयारी भइसकेको छ । एटलान्टाको कार्यक्रम भने एएनएको २०१६ सम्मेलनकै एक हिस्सा हो ।

‘यी दुवै सहरमा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो,’ गायक गुरुङ भन्छन्, ‘यसलाई नेपालीपनको उत्सवका रुपमा मनाउनेगरि सहभागीता जनाउन सबैमा अनुरोध गर्दछु ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK