सेनाले साट्यो लन्डन दूतावासमा भूकम्प अनुभव

ENGLISH

NRN GLOBAL

सेनाले साट्यो लन्डन दूतावासमा भूकम्प अनुभव

10 July, 2016 | Sandeep Bhattarai | 1355 Views | comments

नेपाली सेनाले गत वर्षको विनाशकारी भूकम्पपछि गरेको उद्दार र विपद व्यवस्थापन अनुभव विदेशी कुटनीतिज्ञसमक्ष साटेको छ । नेपाल सरकारको निर्देशनमा सेनाले शुक्रबार दिउँसो लन्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रममाझ अनुभव सुनाएको हो ।

london1

कार्यक्रममा बेलायती रक्षा मन्त्रालयका प्रतिनिधि, विभिन्न दूतावासका कुटनीतिज्ञ, नेपाली सेनाका सहायक रथी सरोज प्रताप राना लगायत सहभागी थिए । मेजर जनरल हिमालय थापाले भूकम्प लगत्तै नेपाली सेनाले उद्दार, अप्रेसन, संकट मोचन र भूकम्प पीडितहरुको व्यस्थापनको मुख्य भूमिका कसरी निर्वाह गऱ्यो भन्नेबारे जानकारी दिए ।

थापाले रोयल मिलिटरी एकेडेमी स्याण्डहस्र्ट र ब्रिगेड अफ गोर्खाजमा समेत नेपाली सेनाको भूकम्प सम्बन्धि अनुभव साटेका थिए । कार्यक्रममा उपस्थित विदेशी कुटनैतिक नियोगका दूतहरुले नेपाली सेनाको प्रयासको खुलेर प्रशंसा गरेका थिए । कतिपयले विपदमा उद्दार र व्यवस्थापनबारे नेपाली सेनाबाट प्रशिक्षण लिन सके प्रभावकारी हुने समेत बताए । उपस्थित विदेशी दूतहरुले मेजर जनरल थापासँग विभिन्न जिज्ञासा राखेका थिए । उक्त अवसरमा नेपाली सेनाले विकट पहाडी जिल्लामा डोकोमा राहत सामाग्री बोकेर पुर्‍याएको दृश्य र भक्तपुरमा उद्दार गरेको दुधे बालकको फोटोले सबैको ध्यानाकृष्ट गरेको थियो ।

कार्यक्रम संयोजन लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल प्रदीप केसीले गरेका हुन् । उनले स्वागत मन्तव्य समेत दिए ।

london

डा. राघवप्रसाद धिताल (ओबिइ) ले नेपाली सेना युद्ध अभ्यासमा मात्र होइन कुटनैतिक संयोजनमा पनि उत्तिकै सवल रहेको बताए । नेपाल मा वर्षायाम सुरु भइ सकेपनि भूकम्प पीडित अझै अस्थायी टहरामा बस्न वाध्य भएकाले यस्तो बेलामा सरकारले नेपाली सेनालाई पुनर्निर्माणको जिम्मा दिनुपर्ने सहभागी नारायण अधिकारीले बताए ।

कान्तिपुर दैनिकबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK