सेक्सपियर लिएर सुनील

ENGLISH

ENTERTAINMENT

सेक्सपियर लिएर सुनील

17 March, 2016 | Bipin Acharya | 450 Views | comments

भारतको नयाँदिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) पढ्दाताका नै सुनील पोखरेललाई लागेको थियो– एक दिन विलियम सेक्सपियरको चर्चित नाटक ‘मिडसमर नाइट्स ड्रिम’ लाई नेपालीमा मञ्चन गर्छु ।

16032016102952sunil-natak-1000x0

सन् १९८७ मा पढाइ सकेर मुलुक फर्केपछि उनी रंगकर्ममा जम्दै गए, गुरुकुल नाटक स्कुल तथा थिएटर स्थापना गर्ने सपना पनि साकार पारे । एक दशकभित्र गुरुकलले युवा रंगकर्मीहरूको उत्पादन मात्रै गरेन, स्वदेशीसँगै थुप्रै विदेशी नाटकहरू पनि मञ्चनमा ल्यायो । धेरैजसो नर्वेली नाटककार हेनरिक इब्सनका सिर्जनाले स्थान पाए ।

गुरुकुलपछि राजधानीमा आधा दर्जन थिएटर खुलेका बेला तिनै रंगकर्मी पोखरेल सेक्सपियरको त्यही ‘सुपर फयान्टासी’ नाटकको अन्तिम तयारी गरिरहेका छन् । डेढ वर्षअघि मात्रै इन्द्रबहादुर राईको नाटक ‘जार’ लाई मञ्चमा ल्याएका उनी यतिबेला शिल्पी थिएटरमा बिहानदेखि साँझसम्मै व्यस्त भइरहेका छन् ।

‘सयौं वर्षअघि लेखिएको नाटक हो यो,’ रिहर्सल क्रममा पोखरेलले मंगलबार साँझ भने, ‘थाहा छैन, अहिलेको नेपाली समाज र नयाँ पुस्तासित यसले सम्बन्ध राख्छ या राख्दैन ।’

प्रेमकथामा आधारित यो कमेडी नाटकमा स्वैरकल्पनाको लोभलाग्दो प्रयोग देख्न सकिन्छ । प्रेम र यौनसँग जोडिएका थुप्रै मनोवैज्ञानिक पक्षलाई समाजसित जोडेर कमेडी झटारो हान्ने यो नाटक सेक्सपियरले सन् १५९० को दशकमा लेखेको मानिन्छ ।

चार प्लटमा विभाजित नाटकलाई मनु मञ्जिल, बलराम अधिकारी, सफर पोखरेल, हरि पौडेल र प्रतीक्षा कँडेलले नेपालीमा अनुवाद गरेका हुन् । पात्र, भूगोल, भेषभूषा र सम्पूर्ण सिचुएसनलाई नेपालीकरण गरिएको नाटकलाई नेपालीमा नाम दिइएको छ– ‘मिडसमर नाइट्स सपना’ ।

शिल्पी र ‘ज्ञ : डिस्कभर योरसेल्फ’ को प्रस्तुति रहेको नाटक बिहीबारदेखि एक महिना मञ्चन हुँदै छ । नाटकका लागि पोखरेलले लाइभ म्युजिकको बस्दोबस्त गरेका छन् । बाजा समूहले नाटकमा मुड र सिचुएसनअनुसारको प्रत्यक्ष संगीत दिनेछ ।

सबै कलाकार नयाँ छन् । ६ महिनादेखि पोखरेल आफैंले प्रशिक्षण दिएर तयार पारेका दुई दर्जन कलाकार स्टेजमा देखिँदै छन् ।

अनुप बरालले मञ्च परिकल्पना गरेका छन् भने प्रदीप लामाले कोरियोग्राफी । प्रदीपले केहीअघि अस्ट्रेलियाबाट नेपाली फिल्म ‘रेशम फिलिली’ को कभर सङको स्वतन्त्र म्युजिक भिडियो बनाएर युटयुबमा राख्दा भाइरल बनेको थियो । नेपाल आएका बखत पोखरेलले प्रदीपलाई रंगमञ्चमा ल्याएका हुन् ।

स्कुल या कलेजतिर सेक्सपियरका नाटक मञ्चन हुने भए पनि व्यावसायिक थिएटरमा कमै मञ्चन हुँदै आएका छन् । केहीअघि थिएटर भिलेजका विमल सुवेदीले सेक्सपियरको ‘हयाम्लेट’ गरेका थिए ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK