सेकेन्ड ह्यान्ड प्रेमीहरु !

ENGLISH

सेकेन्ड ह्यान्ड प्रेमीहरु !

10 March, 2016 | Sandeep Bhattarai | 1280 Views | comments

lekhजम्मै सम्मै छ ,समुन्द्र तरेर आउने हरु लाई !इच्छा आफ्नो आफ्नो पो हो र ।
कहिँ नभए को जात्रा हाँडी गाउँ मा हुन्छ रे !भनेको ,सुनेको ,देखेको छैन ।

अवसर पाए भने नेपाली जन हरेक कुरामा अगाडि हुँदारहेछन् !देखेरै चाल पाइयो !संसारको जुनसुकै भूगोलमा पुगे पनि अपाच्य शैलीको जात्रा देखाई हाल्छन् हाम्रा नेपाली सेकेन्ड ह्यान्ड प्रेमिहरु ! पहिले लडाईमा बहादुर देखाउँथे अहिले नक्कले प्रेममा !
हाइ मेरो यार ,,,कठै नेपाली ।
नेपाली समाजमा छिमेकीको घर पक्की बने पछि उस्तै घर बनाउने प्रतिस्पर्धाले पछिल्लो दशकमा नेपालीहरु गैर आवासीय हुने क्रम तिब्र छ । बेरोजगारी ,गरिबी,ॠण ती त परदेशिने नेपालीका गहना हुन् वा चिनारी हुन् भन्दा उपयुक्त नै होला । तर आफ्ना चिनारीहरुलाई भुलेर ती केही परदेशिहरु रस रङ्गमा रमाएको देख्दा राम लिला हेरिरहनै पर्दैन । अँ गर्नेलाई भन्दा देख्ने लाई लाज भने जस्तो हुन्छ ,हाई मेरो यार कठै नेपाली ।

घरको छानो चुहिने छ । आमाको चोली उध्रेको छ ।श्रीमतीको फरिया खुमृएको छ ।छोराछोरीको लुगा लफ्र्याक लफ्र्याक छ । बृद्ध बाउको दम बढेर हैरान छ ।भकारोको भैंसी थारो छ ,गोरु बूढो छ ।सबै सबै कुराको पिरले जोहो जुटाउन युवाहरु परदेश हानिन्छन् । अनकन्टार मरुभूमिमा आँखा भरी बालुवा बिजाउँछ ।तराईको छाती देखि पहाडको थुम्का हुँदै हिमालको काख सम्म स्वागतम्य उभिएर बनस्पतीहरु ढकमक्क फूल्छ सम्झनामा । परदेशको हावापानी मा घुलमिल नहुन्जेल उनीहरु आफूले घाँस काटेको पाखो खर्यान , बारीको डाले कुट्मेरो ,साथी भाइहरु र गाउँ घर सबै क्यानभासमा उतारेर चर्म चच्छुमा आँसुको भाव सागर उतार्छन् । कान्लामा माटोको सुगन्ध बोकेर निहुरिने निउराको याद आउँछ । काफलको याद आउँछ अनि देश मा हुँदा मुख बङ्याउने हरु गुन्द्रुक र ढिंडोको प्रशंसा गर्छन् ।यति भावुक हुन्छन् कि अब उनीहरु ती सबै सुबिधाबाट टाढा भएका छन् । त्यति वेला बह यसरी पोख्छन् !
जसरी “शुभचिन्तक ” ले गजल कोर्छन्
बिरानो यो शहरमा म त परदेशी !
महल को रहरमा म त परदेशी !

पढ्ने वेला उद्देश्य थ्यो छुने चन्द्रमा ,
साथी भाइको लहर मा म त परदेशी !

आफ्नै रगत पशिनाको थोपा बेचेर ,
बाध्यता को कहरमा म त परदेशी !

आफ्नै देशको माटो जस्तो छैन सुगन्ध ,
शम्झौता को डहर मा म त परदेशी !

मुटु छेड्ने गाली आउँछन् तिर बनेर ,
शब्द रुपि जहरमा म त परदेशी !

जब परदेशको परिवेशमा परदेशी घुलमिल हुन्छ, तब यो पंङ्तिकारको गजल खल्लो हुन्छ ।समय सापेक्ष हुदैन ! उदाहरण यहिं छ ।दुबै शहरमा । परदेशिने नेपालीहरुको लागि दुबै सहर पश्चिमी देश पछिको पहिलो रोजाई हो । तपाईं दुबै शहरको सेन्टर वर दुबै सेरोफेरो पुग्नु भो भने आफै अन्दाज गर्न सक्नुहुनेछ त्यो कारणको जड के हो भनेर । मै राजा किन हुने ?

रमादा पार्क सानो छ तैपनी एक छेउमा पग्लिनै लागेको मैन झैँ भुतुक्क बनेर दिल बुझाउँछन् हेराहेर मै । हाफ्रा पार्कमा सांझ पर्नै पर्दैन ।हरिगती छाडाहरु पाडा नारिए झैं नारिन्छन् ।मेट्रो स्टेशनमा ,स्टेसन को भितता ले पिरथीको कित्ता छुन क्या गज्जब साथ दिएको छ !अलिक झमक्क भयो भने गोल घर दाफ्रा तिरै चि मुसि खेल्छन् आपसमा ।

यी केही प्रतिशत सेकेन्ड ह्यान्ड प्रेमीहरु ,नौ जाले पिरतीको चक्करमा जोक्कर बनेको देख्दा बिना अर्थको हाँसो लाग्छ । थुक्क भन्न मन लाग्छ । छि: छि: भन्न मन लाग्छ ।वर दुबैका पार्क तिर मुना मदन भेटिन्छन् ,रोमियो र जुलिट भेटिन्छन् , दिवाना पागल भेटिन्छन् अनि पागल प्रेमी भेटिन्छन् ।यहाँ मदर टेरेसा हरु बौलाएका छन् । हेनरी ड्युना हरु बौलाएका छन् । अनि समग्रमा घरको असली छोरो बौलाएको छ ,असल लोग्ने बौलाएको छ ,असल बाउ बौलाएको छ । ईमानदार नेपाली बहादुर बौलाएको छ !गाँउमा छँदा पिपल को जल सुर्पाउनेहरु आज पेप्सीको कक्टेलमा शुरा सुर्पाएको देखियो !

लाज को नाक फोल्टिङ्ग गरेर जोर्ते परेको के कुरा गर्नु । अगाँलो चलचित्र साक्षात देख्न पाइन्छ हिम्मत भयो भने । ब्रम्हाले ब्रह्माण्ड रचेर पनि त्यति सारो अगाँलो मारेनन् होला ब्रह्माण्ड लाई !तर यहँ आउने गाउँकि ठूलीहरु जुलिहरु बनेर हाकाहाकी कोहो कोहोलाई केहो केहो दिएका छन् !
पुरुष को गुनासो हुन्छ घरकी स्वास्नी खत्तम परि ।

महिलाको गुनासो हुन्छ ,घरको लोग्ने बर्बादी पर्यो !कहिल्यै प्रेम बन्धनमा न बाँधिएकाहरुको जय होस् के भन्नू र धेरै ?गुनासो प्रेम गर्ने हरु प्रती हैन!गुनासो त प्रेम गर्नेहरु को प्रत्यक्ष चरित्र देखेर हो । उनीहरुको आचरण देखेर हो । अनि नेपाली हुनु को नाता ले नेपाली को चर्तिकला अपाच्य भएर हो । जब ,परदेश आउने परदेशीहरु परस्त्री र पर पुरुषसगँ छेपारे पिरतीमा चुर्लुम्म हुन्छन् भने गाँउ घरमा मेलो पात गरेर बसेका तिन्का स्त्री र तिन्का लोग्नेहरुले उसैगरि पर स्त्री र पर पुरुषसँग हिमचिम राख्नु के अनौठो हुन्छ र ?आज देश भित्र, सम्बन्ध छोड पत्र बोकेर अदालतमा धाउने उत्तिकै छन् । यो बिकृती ले नेपाली समाज को मर्यादा र अनुशासन मा धमिरो लगाएको छ । भोलिका पिढिंले यहि बिकृतीलाई आत्मसात गरे भने समाज अवश्य दुर्गन्धित हुनेछ ।

ठेकीको अमिलो मोहि तुनुक्क पार्दै कोदोको रोटी निलेर जलुका र सिस्नुको स्वादको तिर्सना खड्किएको यो समयमा परदेशका खुलमखुल्ला चौरमा बैगुनी रङ्ग्ले लाडिदैं हाई मेरो यार भनेको सुन्दा भाउन्न छुटेर आउँछ । असली ठिटा ठिटी भए त घरबार बनोस् ,जिन्दगी शुखमय होस् । तर सेकेन्ड ह्यान्ड प्रेमी को बूढो प्रेम देखेर चिन्ता लाग्छ । यिनिहरु देश फर्केर समाजमा कस्तो असर पार्ने होलान् ?बिगृने र बिकृती भित्र्याउने त गाउँ मै पनि हुन्छन् !तर यहाँ पानीको फोहोराले हिर्काएर भगाउनु पर्ने अबस्थाले भने नेपालीको नाम चर्चै हुने भो ।
सत संस्कारको आचरण पालना गरे भविष्य सुन्दर हुन्छ !स्वदेशमा असली साँचो र अजम्बरी माया सम्झिनेहरुले गाँउघर तिरै मेलो पात जाँदा यसरी बिरह पोख्छन् ,
देउराली भाके है ,,,,
तिम्रो पाउमा चोट लाग्दा
मेरो दिलमा घाउ लाग्छ
आफ्नो ख्याल राखे है !
तर यहाँ सेकेन्ड ह्यान्ड पागल प्रेमीहरुको गरु मायाँ देख्दा भने कुरिकुरी भन्न मन लाग्छ । युएईमा ,करिब सयको हाराहारीमा रहेका नेपाली सघं संस्थाका अगुवाहरुले यो ,मुख जोडेर छाती खुल्ला राख्ने बजारलाई समयै मै ब्यबस्थापन गर्न जाने यहाँको अरबी कानुनको अपृय निर्णय सुन्न पर्थेन होला हामी नेपालीले ।

हामी स्वाभिमानी ,इमानी नेपालीले अनुशासनलाई पनि ख्याल गरे कस्तो होला । आफ्नै देश तिर उडेको बादल को फुर्को हेरेर म यतै विश्राम लिएँ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK