सुरसुधाले अमेरिकामा प्रस्तुति गर्ने 

ENGLISH

NRN GLOBAL

सुरसुधाले अमेरिकामा प्रस्तुति गर्ने 

19 July, 2016 | arjun baral | 940 Views | comments
sur sudhan 1
विजय थापा ,वाशिंगटन डिसी-नेपालको दिर्घ कालिन सहयोगको लागि नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट डेलेसी द्वारा स्थापित सोरवे फाउनडेसनको बिशेष पहलमा सुरसुधा अमेरिका आउने भएका छन् l
 
शास्त्रीय सांगीतिक समूह सुरसुधाले अमेरिकाको बिभिन्न राज्यहरुमा बेजोड प्रस्तुति गर्ने र अमेरिका गुन्जयमान गराउने भएका छन् l
 
सोरवे फाउनडेसनले जनाए अनुसार सुरसुधाको संगीत टोलि अमेरिकाको विभिन्न राज्यहरुमा अगस्त महिनाको पहिलो हप्ता देखि आफ्नो प्रस्तुति आरम्भ गर्ने भएका छन् l
 
सुरसुधाको कार्यक्रम टेक्सासको डालस ,न्युयोर्क ,पिट्सबर्ग ,भर्जिनिया, वाशिंगटन डिसी ,बाल्टिमोर ,कोलोराडो ,हुस्टन तथा सिकागोमा समेत कार्यक्रम गर्ने भएको छ l ईमपावर नेपाल टुर २०१६ नामक उक्त कार्यक्रम सोरवे फाउनडेसनको प्रस्तुति रहने छन् l 
 
सोरवे फाउनडेसनका कार्यकारी निर्देशक नेपालका लागि भूतपूर्व अमेरिकन राजदुत स्कट डेलेसी रहेका छन् l पूर्व अमेरिकन राजदुत डेलेसीले सुरसुधाको अमेरिकन भ्रमण केवल नेपालको सहयोग लागि गरिएको बताएका छन् l 
 
सुरसुधाको कार्यक्रमको लागि उनले सबै नेपाली समुदाय ,संघ-संस्था तथा सौजन्यताको लागि ब्यबसायी समेत लाई संलग्न तथा सहभागी हुन आग्रह गरेका छन् l डेलेसीले अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कुमार कार्कीलाई सम्बोधन गर्दै सुरसुधाको कार्यक्रममा उपस्थिति हुन अनुरोध समेत गरेका छन् l
 
उनको संस्था सोरवे फाउन्डेसन केवल नेपाल निर्माणको लागि समर्पित हुने बताउदै नेपाल पुनर्निर्माण ,भूकम्प पिडितको सहयोगार्थ ,भूकम्पग्रस्त क्षेत्रमा महिला तथा बालबालिका बेचबिखन हुने सम्भावनालाई रोक्ने तथा ओखति उपचारको काममा लागि काम गरि रहेको छापा बिज्ञप्तिमा जनाएको छ l
 
निकट भबिष्यमा पिट्सबर्ग चिकित्सा केन्द्र संग नविन दुरचिकित्सा कार्यक्रम समेत नेपालमा लाने बिषयमा सोरवे फाउन्डेसनको तर्फ बाट छलफल भएको बताईएको छ l
sur sudhan

क्यालिफोर्नियाको कृयटिभ नेपाल युथ अर्गनाइजेशनमा नयाँ समिति गठन 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK