सुरक्षाको प्रत्याभूति नदिए काबुल छाड्छौं : नेपाली गार्ड

ENGLISH

NRN GLOBAL

सुरक्षाको प्रत्याभूति नदिए काबुल छाड्छौं : नेपाली गार्ड

बेलायती दूतावासमा तैनाथ नेपाली सुरक्षा गार्डले भने, ‘हामीलाई राजदूतसँग सामूहिक भेटेर समस्या राख्न दिइएन’

25 June, 2016 | Bipin Acharya | 740 Views | comments

अफगानिस्तानको काबुलस्थित बेलायती दूतावासको सुरक्षामा तैनाथ नेपाली सुरक्षाकर्मीले कार्यबाहक राजदूत तीर्थराज अर्याललाई भेटेर सामूहिक रुपमा आफ्ना समस्याहरु राख्न नपाएको भन्दै दुखेसो पोखेका छन् ।

नेपाली सुरक्षागार्डको अवस्था बुझ्न अर्याल शुक्रबार दिउँसो बेलायती दूतावास पुगेका थिए । उनले त्यहाँ १२ बजेदेखि २ बजेसम्म निरीक्षण तथा छलफल गरे । ‘राजदूत आएर हाम्रो अवस्था बुझेर जानुभयो । हामी त्यसमा खुसी भयौं । तर, हामीलाई हाम्रा समस्याहरु सामूहिक रुपमा राख्न दिइएन,’ दूतावासको सुरक्षामा तैनाथ नेपाली सुरक्षागार्डले इकान्तिपुरलाई भने, ‘दुई/तीन जना साथीलाई मात्रै बोल्न दिइयो । उहाँहरुले खुलेर आफ्ना समस्याहरु राख्न सक्नु भएन ।’

ती नेपालीले राजदूतलाई आफूहरु बस्ने अन्जुमान क्याम्पमा निरीक्षण तथा सामूहिक छलफल गर्ने वातावरण मिलाइदिन नेपाली दूतावास समक्ष अनुरोध राखेका छन् ।जिफोएस सेक्युर सोलुसन कम्पनीले बेलायती दूतावास, कुटनीतिक कर्मचारी र कमनवोल्थ कार्यालयको सुरक्षा गर्न झन्डै ४ सय जना नेपाली सुरक्षा गार्ड परिचालन गरेको छ ।

‘दुई चार जनालाई मात्रै बोल्न दिँदा कम्पनीको टार्गेटमा परिन्छ । हामी राजदूतलाई सामूहिक रुपमा आफूहरुले भोगिरहेको सुरक्षाको चुनौतीबारे बताउन चाहन्थ्यौं । यो वातावरण मिलेन,’ ९ वर्षदेखि कार्यरत ती नेपालीले भने ।

कम्पनीका अधिकारीहरुले कार्याबाहक राजदूतलाई गोराहरु बस्ने ठाँउ मात्रै देखाएको तर नेपाली बस्ने ठाउँ नदेखाएको सुरक्षा गार्डले बताए ।
उनीहरुले बिना सुरक्षा क्याम्पबाट कार्यस्थलसम्म लाने-ल्याउने गरेको भन्दै चिन्ता जनाइरहेका छन् । उनीहरुले कम्पनीको व्यस्थापन समक्ष ‘जहाँ काम गर्ने हो, त्यहाँ नै बस्ने प्रबन्ध मिलाउन’ अनुरोध गरेका छन् ।

‘पहिला पहिला नेपाली तालिवानको टार्गेटमा परेका थिएनन् । गोराहरु बढी पर्थे । अहिले नेपाली पनि टार्गेटमा पर्न ग थाले,’ ९ वर्षदेखि नै अफगानिस्तानमा कार्यरत अर्का नेपालीले भने, ‘यही सुरक्षा अवस्थामा काम गर्न हामीलाई गाह्रो छ । ‘थर्ड क्लास’ गाडीमा हालेर लाने र ल्याउने गरिन्छ भने अब हामीले अफगानिस्तान छाडेन विचार गरिरहेका छौं ।’

उनीहरुले आफूहरु ‘स्टाण्डबाई ड्युटी’ गर्न मात्रै काबुल आएको बताए । ‘हामीलाई जहाँ ड्युटी गर्ने हो । त्यहाँ नै बस्ने सुविधा छ भनिएको थियो,’ तनहुँका अर्का नेपालीले भने, ‘यहाँ ड्युटी र बस्ने ठाँउ अलग-अलग छ ।’उनीहरुले १५ देखि ४५ मिनेटसम्मको दुरीमा बिना सुरक्षा ल्याउने र लैजाने गरिरहेको बताएका छन् ।

कम्पनीले सम्झौता अनुसार तलब नदिएको पनि उनीहरुले बताएका छन् । महिनाको १ हजार ५० डलरमा सम्झौता गरेर अफगानिस्तान पुगेका नेपालीहरुले हाल ८ सय ५० डलर मात्रै पाउने गरेका छन् । जसमा ३० डलर नेपाल पठाउँदा काट्ने गरेको छ ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK