सुन तस्करी : कारबाही भरियालाई कि तस्करलाई ?

ENGLISH

सुन तस्करी : कारबाही भरियालाई कि तस्करलाई ?

7 January, 2017 | Yadab Devkota | 780 Views | comments

?

गत बिहिबार त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट पास भएको ३३ किलो सुन प्रहरीले पिङ्गलास्थानबाट पक्राउ गरेपछि सो सुन कसरी पास भयो भन्ने विषयमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।

विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभाग प्रमुख नारायण सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै सुन छुटेको अवधिमा कार्यरत उपसचिवदेखि कार्यालय सहयोगीसम्मका २९ कर्मचारीलाई जिम्मेवारविहीन बनाइएको उहाँले बताउनु भयो ।

सापकोटाले भन्नुभयो, “कर्मचारीको मिलेमतो, लापर्बाही वा कमजोरी के कारणले सुन छुट्यो भन्ने छानबिन गरी १० दिनमा प्रतिवेदन बुझाउन समितिलाई जिम्मा दिइएको छ ।” छानबिन समितिमा कुलराज ज्ञवाली, टङ्क पाण्डे, पुण्यविक्रम खड्का, श्रीलाल पौडेल सदस्य हुनुहन्छ ।

त्रिभुवन विमानस्थलको भन्सारबाट छाडिएको ३३ किलो सुनसहित पिङ्गलास्थानबाट तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार पक्राउ गरेको थियो ।

सोा सुन भन्सारका कर्मचारीको मात्र हिम्मतले पास भएको पक्कै हैन । उच्च स्रोतका अनुसार सुन तस्करीमा भन्सार विभाग, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालयदेखि अर्थ र गृहमन्त्रालयका उच्च अधिकारीको संलग्नता देखिएको छ ।

सुन ल्याउने ब्यक्तिलाई तस्कर समूहले ‘चेकजाँच भए बनिबनाउ सुन दिनु हामी छुटाउँछौं’ भन्ने आश्वासन दिएको र लगेजमा आएको सुन बिनाकुनै चेकजाँच पास हुनुले उच्च तहको तस्करीमा सक्रियता रहेको देखिएको छ ।

दुबईबाट काठमाडौं आएका नेपालगञ्जका गोपालबहादुर शाहीको लगेजमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुईसय ८२ थान सुनका बिस्कुट बरामद गरेको थियो । ब्युरोले सुन लिन जाने दुई जनालाई समेत पक्राउ गरेको छ ।

शाहीलाई विमानस्थल क्षेत्रभन्दा बाहिर पिङगलास्थानबाट नियन्त्रणमा लिइएको थियो । दुबईबाट अवैध रुपमा भित्रिएको सुन लिन गएका दिलबन्दु थापा र सन्तोष काफ्ले बा ४ च ९११४ नम्बरको टेरियस गाडी सहित पक्राउ परेका थिए।

प्रहरीले शाहीले ल्याएको लगेजमा कालो टेपले बाँधेको अवस्थामा सुनका बिस्कुट करिब ३१ किलोग्राम र तीन किलोग्राममा बनिबनाउ गहना बरामद गरेको थियो। ब्युरोका अधिकारीका अनुसार १९ थान औंठी र १८ थान सुनका सिक्री बाहिरी भागमा र सवारीसाधनका पार्टसमा लुकाएर सुनका बिस्कुट ल्याईएको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK