सुन्तली- धुर्मुस साझँ कतारमा सम्पन्न

ENGLISH

NRN GLOBAL

सुन्तली- धुर्मुस साझँ कतारमा सम्पन्न

धुर्मुससुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग

12 July, 2016 | Sandeep Bhattarai | 1630 Views | comments

घनश्याम परजुलो दोहा, कतार – गिरान्चौर एकिकृत बस्ती निर्माणको सहयोगार्थ कतारमा सुन्तली- धुर्मुस साझँ सम्पन्न भएको छ ।

ds2

इस्लाम धर्मावलम्बिहरुको पर्व इद उल फित्रको अवसर पारेर कतारमा इदको दोश्रो दिन साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । हास्यँकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को स्वामित्वमा रहेको धुर्मुससुन्तली फाउन्डेसनले दोस्रो एकिकृत बस्तीको निर्माण गरिरहेको छन ।

सिन्धुपाल्चोकको गिरान्चौरमा रहेका ६५ परिवार भूकम्पपीडितहरुलाई नजिकदै गरेको दशैंमा घर उपलब्ध गराईदिने उद्धेश्यले निर्माण कार्य सुरु गरेका छन । सास क्रियसनले धुर्मुससुन्तली फाउन्डेसनलाई सहयोग गर्ने उद्धेश्य अनुरुप कतारमा साँस्कृतीक कार्यक्रमको आयोजना गरिएको हो । लगभग १० हजार उपस्थिती रहेको कार्यक्रमबाट धुर्मुससुन्तली फाउन्डेसनलाई ८ लाख सहयोग गर्ने सास क्रियसनका कल्याण घिमिरेले बताए ।

सास क्रियसन प्रालिको आयोजना , अरुण भ्यालीको स्पोन्सर तथा एभरेष्ट नेपाल युथ एसोसिएसन र बाब कतारको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । सनैयाको ईष्टवेष्ट पार्कमा सम्पन्न सुन्तली- धुर्मुस साझँका लागी नेपालबाट एक दर्जन राष्ट्रिय कलाकारहरु कतार आएका थिए ।

कतारको संघर्ष व्याण्डको प्रस्तुतीसँगै कार्यक्रम शुरु भएको थियो । हिन्दी र नेपाली गीतमा संघर्ष व्याण्डका गायक सन्तोष परियारको प्रस्तुतीमा युवाहरु झुमे । ‘पानी पर्यो असिना झर्यो’ बोलको गीतमा नेपाली कला केन्द्रका कलाकारहरुले जोडदार सामूहिक नृत्य प्रस्तुत गरे । त्यस्तै कतारमा रहेको द रेन्ज व्याण्डका गायक नवराज श्रेष्ठले स्व.अमर गुरुङ्गको सम्झनामा ‘रातो र चन्द्र सुर्य’ बोलको गीत गाएर आफ्नो प्रस्तुती शुरु गरे ।

सोही व्याण्डमा गायक दामोदर न्यौपानेको कार्यक्रममा छोटो प्रस्तुती रह्यो । त्यस्तै नवप्रतिभा साँस्कृतीक समुहका कलाकारले ‘सोलोली सोलोली’ , ‘नाच छमछम’ र ‘मुक्कावाला’ बोलको गीतमा सामुहिक नृत्य प्रस्तुत गरे ।

संचारकर्मी विजय अधिकारी र नेपालबाट आएका उद्घोषक सुशील नेपालले सन्चालन गरेको कार्यक्रममा नेपालबाट आएका भोजपुरी कलाकारहरुको दमदार प्रस्तुती रह्यो । आईटम क्यून भोजपुरी नायिका सिमा सिहंले ‘म हुँ असली ज्वालामुखी ‘ , ‘मे नागीन नागीन’ लगायत भोजपुरी गीतमा आफ्नो नृत्य प्रस्तुत गरिन् । त्यस्तै अर्की भोजपुरी नायिका रानी चर्टजीले धमकेदार नृत्य प्रस्तुत गरिन । ‘कुच करो ना’ लगायतका आईटम गीतमा उनको नृत्यसँगै सायरीले कतारका भोजपुरी दर्शकहरु पानी पानी बने ।

ds4

tकार्यक्रममा डिआडी ५ का फष्ट रनअरअप निर्मल तामाङ्गलाई कतारका दर्शकले औधी रुचाए । ‘मेरा दिल’ र ‘रोही रहे एकान्तमा’ बोलको गीतमा आफ्नो दमदार नृत्य प्रस्तुत गरे । दर्शकहरुको वान्समोरले पुनः उनले आफ्नो प्रस्तुती गरे ।

१० हजार दर्शकले एकै पटक उनलाई मागीनै रहे । कार्यक्रममा लोकदोहोरी गायक राजु गुरुङ्गले सालैजो गीत मार्फत आफ्नो प्रस्तुती राखे । ‘डाडै पारी मायाको गाउँ छ ‘, ‘हाम्रो माया जीन्दगी भरीको’ , ‘हौकी क्यारे अर्कैको हकवाला’ र ‘मुखै तितो बनायो तितेकरेलीले ‘ जस्ता लोकदोहोरी गीतले दर्शकहरुलाई नचाउन सफल बने गायक गुरुङ्ग ।

त्यस्तै लोकदोहोरी गायिका मुना थापा मगरले ‘सुन्यौ भने नेपालको खबर प्रदेशीको मनै रोलानी ‘ भन्दै आफ्नो सांगीतीक प्रस्तुती राखिन । उनले ‘जैले पनी फेल म त ‘ र ‘सरसर मैतीर सर बसौला पिरती लाएर’ जस्ता गीतहरु गाएर लोकदोहोरीका पारखीहरुको मन जितीन् ।

कार्यक्रममा हाँस्य कलाकार राजा राजेन्द्रको दमदार प्रस्तुती रहेको थियो । हाँस्यव्यङ्गय मार्फत उपस्थित दर्शकहरुलाई पेट मिचिमिची हसाउन सफल राजेन्द्रले गीत र नृत्यको बारेमा व्यङ्गे गरे । त्यस्तै उनले बिदेश पस्ने युवायुवतीहरुको यथार्थ कथाबस्तुलाई चित्रण गर्दै प्रवास र नेपालको दुरीका बारेमा व्यङ्गे हाने । देशको अवस्थाबारे भुकम्प र राहात अनी अल्छी नेपालको बानीलाई उनले सहजरुपमा प्रस्तुत गरे ।

कार्यक्रममा बाल गायक साईउज्जल कोइरालाले आफ्नै एल्बम मैनाजोडीबाट गीत गाए । संगीतकार टंक बुढाथोकीको साथमा स्टेजमा उक्लिएका उनले ‘हाम्रो घरको पल्लो पट्टी बस्छन मैना जोडी’ बोलको गीत गाए । उनको एल्बम मैनाजोडीलाई कार्यक्रममा बिमोचन समेत गरियो ।

नायिका रेखा थापा गायन मोह

चलचित्र क्षेत्रमा लामो समय देखी राज गर्दै आएकी नायिका तथा निर्मात्री रेखा थापाले कतारमा अभिनय र नृत्यलाई छाडेर गीत गाईन । नायिका थापाको नाम सुन्ने बित्तिकै उनको नृत्यको प्रतिक्षामा रहेका दर्शकहरुले उनको स्वरमा बिभिन्न गीत सुने ।

ds1

लामो समयपछी कतारको स्टेजमा देखीएकी नायिका थापाले ‘यहाँको धर्ती बाझौ छैन’ बोलको गीत गाउदै स्टेजमा उक्लिएकी थिईन । कुनैबेला हट नायिकाको रुपमा कतारमा आफ्नो प्रस्तुती राखेकी उनले यसपटक कतारमा आफुलाई सुहाउने केटो खोज्न आएको भन्दै हिरो र बेहुला बन्न कोही तयार छ भनेर दर्शकलाई सोधिन ।

उनले ‘को होला मेरो मायालु’ बोलको गीत गाईन । ‘माया क होला’ र ‘कालि तिम्रो नजरैको गोली चल्यो’ बोलको गीतमा टंक बुढाथोकीले साथ दिए । स्टेजमा उनले बुढाथोकीको तारिफ गर्दै चलचित्र क्षेत्रमा धेरै प्रतिभावान कलाकारहरुलाई जन्माएको बताईन । कतारका दर्शकहरुको अपेक्षा हट नायिका स्टेजमा आएर नाच्लिन भन्ने थियो तर त्यो पुरा हुन सकेन । उनले विचविचमा रोकिएर भएपनी गायनलाई नै अघाडी बढाईन ।

धुर्मुस-सुन्तलीको प्रस्तुती

हास्यँकलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले कतारका दर्जकहरुलाई हसाँए । धुर्मुससुन्तली फाउन्डेसनले दोस्रो एकिकृत बस्तीको निर्माणको सहयोगार्थ आयोजित कार्यक्रममा उनीहरु दुबैले आफ्नो प्रस्तुती राखेका थिए । ‘हामी पनी सनैयाको दादा हो भन्दै’ स्टेजमा आफ्नो प्रस्ती राखेका धुर्मुसले प्रवासी युवाहरु र उनीहरुका श्रीमतीको विषयबस्तुमा आफ्नो हाँस्य प्रस्तुती राखे । कतारबाट ४/५ बर्षपछी फर्केका धुर्मुसले सुन्तली गर्भवती भएको कथाले दर्शकहरु पेटमिचीमिची हाँसे ।

ds

कार्यक्रममा बोल्दै उनीहरुले भूकम्पपछिको पहिलो स्टेज शो कतारमा आएर गरेको बताए । भूकम्पपछि एकिकृत बस्ती निर्माणमा खटिरहेका उनीहरुले न्यूनतम सुविधासम्पन्न बस्ती निर्माण गर्न लागेको बताए । ‘हाम्रो देश के हो हामीले कस्ता सुबिधा पाउनुपर्ने हो भन्ने कुराको ज्ञान हुनुपर्छ’ भन्दै जनताको लागी आफुहरु जन्मेको बताए । हरेक दुःख र सुखमा नेपाली जनताको साथमा रहने बताउदै उनीहरुले भने ‘भाषणमा मात्रै हैन हामी काम गरेर देखाउछौ ।’

कार्यक्रममा बोल्दै सिताराम कट्टेल ‘धुर्मुस’ ले भने ‘निरन्तर देशको परिर्वतन र राष्ट्र निर्माणका लागी लागिरहेका छौ । बनावटी भाषण गर्नेहरुका लागी हामीहरुले काम गरेर देखाउन लागेका छौ ।’ देशमा पटक पटक भूकम्प पीडितहरुको बिषयमा लिएर राजनीति भईरहेको उनले बताए ।

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागी ५ करोडको बजेट आवश्यकता रहेको उनीहरुले बताए । १ लाख ७४ हजार रकम हुदा करोडौको आट गरेको उनीहरुको भनाई थियो । ‘हामीले ५ करोडको योजना बनाएर काम शुरु गरेका थियौ । ४ करोड जम्मा भर्यसेकेा छ ।’ धुर्मुसले भने ‘सकरात्मक सोचका साथ फिल्डमा खटेर काम गरिरहेका छौ । फोहोरी दिमाग र प्रवृद्धीले देश बन्दैन । त्यसलाई सोर्होने अभियानमा लागेका छौ।’

आगामी घटस्थापनाका दिनमा बस्ती हस्तान्तरण गर्ने योजना रहेकोले ‘राष्ट्र निर्माण तपाई हाम्रो अभियान , पुर्ननिर्माणमा जुटौ’ उनले भने ।कार्यक्रममा आएका उनीहरुलाई कतारका विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन । कतारको एभरेष्ट नेपाल युथ एसोसियसनद्धारा सन्चालित सहयोग अभियानबाट २२ लाख सहयोग प्रतिबद्धता भएको छ । जसमध्येबाट शुक्रबार १४ लाख रुपैया हस्तान्तरण गरिएको थियो । बाँकी रकम तुरुन्त नेपाल पठाईने बताईएको छ । त्यस्तै कतारमा कार्यरत सुमित्रा लामिछानेको पहलमा ३४ हजार सहयोग हस्तान्तरण भएको छ ।

ds3

गोरखा सेवा समाज कतारले कलाकारहरुको सम्मान सहित २५ हजार रुपैया धुर्मुससुन्तली फाउन्डेसनलाई सहयोग गरेको छ ।

यो पनि हेर्नुस – चितवन धमाका कतारमा सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोल केसीलाई ५० लाखको अफर

चार वटा चर्चित चलचित्र दिइसकेका नायक अनमोल केसी को...

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK