सुदूर पश्चिम सेवा समाज यूएईद्वारा दार्चुलाका बाढी पीडितहरूलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

सुदूर पश्चिम सेवा समाज यूएईद्वारा दार्चुलाका बाढी पीडितहरूलाई आर्थिक सहयोग

12 July, 2016 | Sandeep Bhattarai | 1550 Views | comments

मान बहादुर के.सी. ‘मुस्कान’, यूएई – ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरुलाई एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्नका लागि र वैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि संगठित रुपले अगाडि बढ्ने उद्देश्यले २ जनवरी २०१५ मा स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईले केहि दिन अगाडि दार्चुला जिल्लामा आएको बाढी पहिरोमा परेर ज्यान गुमाउने ३ परिवार प्रति दुःख व्यक्त गर्दै प्रत्येक परिवारलाई ३० हजार ( जम्मा ९० हजार रूपैया ) आर्थिक सहयोग गरेको छ ।

help

आपत्ति र बिपत्तीका बेला सहयोग गर्नका लागि सधैं अग्रपंतिमा रहने सुदूर पश्चिम सेवा समाज यूएईले उक्त राहत रकम संस्थाका उपाध्यक्ष जयराज जाेशीका भाई बासुदेव जाेशी मार्फत दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई हस्तान्तरण गरेको थियो, भने जिल्ला प्रशासन कार्यालयले राहत रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरेर जिल्ला दैवी प्रकोप उद्धार समिती मार्फत मृतकका आफन्तहरुलाई सो रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनु भयो ।

असार १६ गते आएको बाढी पहिरोका कारण ज्यान गुमाएका अपि नगरपालिका १३ कि भागरथी महरा, मालिकार्जुन ८ कि बसन्ती धामी र सर्मौली २ का चन्द्रदेव पन्तको आफन्तजनलाई राहत रकम हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा सम्पन्न भएको राहत हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दार्चुलाका सभापति गोपालसिंह महर, सहायक प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल, अनुसन्धान अधिकृत दण्डपाणी पौडेल लगायत मृतकका आफन्तजन तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जोशीले आफ्नो मन्तब्य राख्दै सुदूर पश्चिम सेवा समाज यूएईले आपत्ति र बिपत्तीका बेला उल्लेखनिय सहयोग गर्दै आएको आफुले सुनेको बिचार ब्यक्त गर्दै समाजको प्रशंसा गर्नुका साथै समाजले सधैं आपत्ति र बिपत्तीका बेला मानबिय सहयोग गर्दै जाओस् भन्ने जिज्ञासा राख्नु भएको थियो ।

help1

सहयाेग रकम पाएका परिवारहरुले सुदूर पश्चिम सेवा समाज यूएई प्रती हार्दिक आभार प्रकट गरेका थिए ।पत्रकार नरेन्द्र कार्कीले संचालन गर्नु भएको सो राहत रकम हस्तान्तरण कार्यक्रममा समाज सेवी, बुद्दिजिबी, पत्रकारहरु, र मृतक परिवारका आफन्तजनहरुको विशेष उपस्थिति रहेको थियो ।

यो पनि हेर्नुस – मिर्गौला पीडित श्यामकला रोकालाई युएईबाट आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

नेपाल र थाइल्याण्डले अंक बाँडे

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK