सुदूर पश्चिम सेवा समाज युएईले आफ्नो क्षेत्रीय समिति विस्तार गर्दै

ENGLISH

NRN GLOBAL

सुदूर पश्चिम सेवा समाज युएईले आफ्नो क्षेत्रीय समिति विस्तार गर्दै

28 September, 2015 | Bipin Acharya | 640 Views | comments

सुदूर पश्चिम सेवा समाज युएईले आफ्नो क्षेत्रीय समितिहरुलाई बिस्तार गर्दै लैजाने क्रममा २५ सेप्टेम्बर २०१५ शुक्रबारका दिन अबुधाबी क्षेत्रीय समिति गठन गरेको छ ।संस्थाका केन्द्रिय अध्यक्ष शिवराज जैशीको प्रमुख आतिथ्यतामा केन्द्रिय वरिष्ट उपाध्यक्ष चेतन थापा, केन्द्रिय उपाध्यक्ष जयराज जोशी, केन्द्रिय महासचिव मान बहादुर के.सी. ‘मुस्कान’, केन्द्रिय सचिब कमल गिरी, केन्द्रिय सदस्य डम्बर राज जोशी, भरत चन्द, भिम बहादुर सिंह र जय बि.क.को बिशेष उपस्थितीमा सम्पन्न एक वृहत भेलाले देब बहादुर कुवरको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरेको छ ।

UAE1

नवगठित समितिका अध्यक्ष देब बहादुर कुवरले आफुले जिम्मेवारी पाएकोमा खुशी ब्यक्त गर्दै आउदा दिनहरुमा अबुधाबीमा रहेका सम्पूर्ण सुदूर पश्चिम बाशीहरुलाई एकजुट भएर अगाडी बढ्ने जिज्ञासा राख्नु भएको थियो ।सुदूर पश्चिम सेवा समाज युएईका केन्द्रिय अध्यक्ष शिवराज जैशीले नया समितिले आगामी दिनमा अबुधाबीमा कार्यरत सम्पूर्ण सुदूर पश्चिम बाशीहरुलाई एकजुट गर्दै अघाडी बढ्ने छ भन्ने आशा ब्यक्त गर्दै नयाँ समतिलाई बधाई र शुभकामना दिनु भएको थियो ।

त्यस्तै संस्थाका केन्द्रिय बरिश्ट उपाध्यक्ष चेतन थापा, केन्द्रिय उपाध्यक्ष जयराज जोशी, केन्द्रिय सदस्य डम्बरराज जोशी र जय बि.क.ले पनि आ आफ्नो जिज्ञासा राख्दै नवगठित क्षेत्रीय समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

UAE2

भने संस्थाका केन्द्रिय महासचिब तथा देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’ले सुदूर पश्चिम सेवा समाज युएई गठन भएको एक बर्ष नपुग्दै क्षेत्रीय समिती बिस्तार गर्ने क्रममा दुबई र शरजाह क्षेत्रीय समिती गठन भई सकेको र अबुधाबी क्षेत्रीय समिती गठन हुँदा झनै समाज बलियो भएको कुरामा जोड दिदै सुदूर पश्चिम सेवा समाज युएईले अहिले सम्म गरेका कामको बारेमा जानकारी गराउदै समाज गठन हुनको मुख्य उदेश्य र लक्ष्य सबै सामु छर्लङ पारेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK