सुदुर पश्चिम समाज दक्षिण कोरियाले प्रथम खप्तड कप फुटबल प्रतियोगिता आयोजना गर्ने

ENGLISH

NRN GLOBAL

सुदुर पश्चिम समाज दक्षिण कोरियाले प्रथम खप्तड कप फुटबल प्रतियोगिता आयोजना गर्ने

3 July, 2017 | Sandeep Bhattarai | 665 Views | comments

सुदुर पश्चिम समाज दक्षिण कोरिया

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको माताहतमा सुदुर पश्चिम समाज दक्षिण कोरियाले आउँदो जुलाई १६ तारिखका दिन प्रथम “खप्तड कप “फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रबासी नेपालीहरुको भावनात्मक एकता गराउने तथा प्रबासमा नेपाली फुटबललाई प्रबर्द्धन तथा बिकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल फूटबल महासङ्घ दक्षिण कोरियाको माताहतमा दक्षिण कोरियामा सकृय नेपाली फुटबल टिमद्वारा प्रत्येक महिना फुटबलप्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी सातौ महिनाको फुटबल प्रतियोगिता सु.प समाजले आयोजना गर्न लागेको हो ।
प्रतियोगिता सोयोसानको खेल मैदानमा हुनेछ भने प्रमुख अथिति कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंह हुनु हुने छन् | प्रतियोगिताको तयारी तिब्र गतिमा अघि बढि रहेको संस्थाका अध्यक्ष नबिन कार्कीले बताउनु भयो ।

उक्त प्रतियोगितामा सहभागि हुन नेपाली फुटबल क्लबहरुलाई सुविधाको लागि जुलाई महिनाको ९ तारिख को दिन नेपाल हाउसमा टाईसिट प्रकासित गरिने महासचिब सन्तोष सुबर्णकार ज्यूले बताउनु भयो । उक्त दिन विभिन्न नेपाली परिकारहरुमा रमाउन सकिने भएको हुदा आफ्नो आफ्नो टिमलाई हौसला बढाउन तथा मनोरञ्जनात्मक खेल र नेपाली परिकारहरुको स्वादमा रमाउनको लागि सम्पूर्ण नेपालीहरु समय मिले सम्म सोयोसान खेल मैदानमा जान सक्नु हुनेछ। यसैबीच सुदुर पश्चिम समाज दक्षिण कोरियाले प्रतियोगितालाई भब्यताका साथ सफल बनाउनको लागि विभिन्न उप समितीहरु गठन गरेको छ । आयोजनाको तयारी तिब्र रुपमा भएको जानकारी गराउदै कोरियामा रहनुभएका सम्पूर्ण संघसंस्थाका प्रतिनिधी ज्यूहरु, बुद्धिजिवी, पत्रकार, विद्यार्थी, व्यापारी लगायत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

खेल सम्बन्धी जानकारीः–
मितिः २०१७ जुलाई १६ गते
स्थानः सोयोसान खेल मैदान
समयः बिहान ७ बजे बाट सुरू
आयोजकः सुदुरपश्चिम समाज दक्षिण कोरिया

फोन नम्बर:
नबिन कार्की ०१०२८९९१२४२
कमल बहादुर शाही ०१०२७३१८४३२
यज्ञ मान नायक (खेलकुद संयोजक) ०१०२२६७६००३
सम्पूर्ण खेलहरु नेपाल फुटबल महासंघ दक्षिण कोरियाको नियम अन्तर्गत हुनेछ

कोरियामा;मुगुकी मेस्सी’को कथामा आधारित ‘सुनकली’ प्रदर्शन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK