सुडानमा नेपाली सुरक्षाकर्मी जोखिममा

ENGLISH

सुडानमा नेपाली सुरक्षाकर्मी जोखिममा

20 July, 2016 | arjun baral | 2900 Views | comments

दक्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन्। झडपमा सशस्त्र प्रहरीका तीन कर्मचारी घाइते भइसकेका छन्। सुडानमा करिब दुई हजार नेपाली छन्।

एक हजार नौ सय नेपाली सुरक्षाकर्मी राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनाका लागि खटिएका छन्। सुरक्षाकर्मीबाहेक अरू करिब एक सय नेपाली दक्षिण सुडानमा कार्यरत छन्।

सेना, सशस्त्र र नेपाल प्रहरीका १९ सय कार्यरत

सुडानमा नेपाली सेनाका एक हजार ५ सय ९०, सशस्त्रका करिब तीन सय र नेपाल प्रहरीका करिब २० प्रहरी अधिकृत कार्यरत छन्। राष्ट्रसंघअन्तर्गत विभिन्न निकायमा सिभिलियन पनि कार्यरत छन्। हिंसा मच्चिएपछि शान्ति सेनामा खटिएका सुरक्षा अधिकारी क्याम्पबाहिर निस्किएका छैनन्। केही दिनसम्म उनीहरू बंकरभित्र बसेका थिए।

तीन सशस्त्र प्रहरी घाइते

गत साताको एक झडपमा सशस्त्र प्रहरी बलका तीनजना घाइते भएका थिए। राजधानी जुवामा भएको दुई पक्षको गोली हानाहानमा उनीहरू घाइते भएका हुन्। सशस्त्र बसेको एफपियू क्याम्पनजिकै झडप हुँदा तीनजना घाइते भएको सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले बताए।

उनीहरूलाई गोलीका छर्रा लागेको छ। झडपमा शान्ति स्थापनाका लागि खटिएका दुई चिनियाँ शान्ति सैनिकको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए।

शान्ति सैनिक ‘अलर्ट’मा

एक्कासि हिंसा मच्चिएपछि राष्ट्रसंघले सबै शान्ति सैनिकलाई ‘अलर्ट’ बनाएको छ। राष्ट्रपति किरले युद्धविरामको घोषणा गरे पनि दैनिकजसो दुई पक्षका सैनिकबीच गोली हानाहान हुने गरेको छ।

सुडानको विभाजनपछि जातीय हिंसा

जनमतसंग्रहमार्फत पाँच वर्षअघि सुडानबाट दक्षिण सुडान टुक्रिएको थियो। तीन वर्षयता त्यहाँ आन्तरिक रूपमा जातीय हिंसा बढ्दै गएको छ। डिंका र न्यूर जातिबीच पटक–पटक हिंसात्मक झडप हुने गरेको छ। दक्षिण सुडानको टोरिट भन्ने स्थानमा राष्ट्र संघअन्तर्गत मानवअधिकारकर्मीका रूपमा कार्यरत ठाकुर चापागार्इं केही दिन आफूहरू बंकरभित्र बसेको बताउँछन्।नयाँ पत्रिका दैनिक बाट

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

केन्या

केन्याको ‘स्ट्रिट क्लव’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK