सुडानमा कार्यरत् दुई नेपालीसहित तीनजना राष्ट्रसंघ कर्मचारी अपहरणमुक्त

ENGLISH

NRN GLOBAL

सुडानमा कार्यरत् दुई नेपालीसहित तीनजना राष्ट्रसंघ कर्मचारी अपहरणमुक्त

21 December, 2016 | Bipin Acharya | 860 Views | comments

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्था (युएनएचसीआर)का एक महिनापहिले सुडानबाट अपहरणमा परेका दुई नेपालीसहित तीन कर्मचारी रिहा भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।

1482241381unhcr-final

राष्ट्रसंघका यी तीनैजना कर्मचारीलाई एक सशस्त्र समूहले गत नोभेम्बर २७ तारिखमा सुडानको द्वन्द्वग्रस्त डाफर प्रान्तको राजधानी एल जेनैनाबाट अपहरणमा लिएको थियो ।

राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिप्पो ग्रान्डीले एक महिनापहिले अपहरणमा परेका शरणार्थी नियोगमा कार्यरत् दुईजना नेपाली नागरिक सरुन प्रधान र रमेश कार्की र एक सुडानी नागरिक मुसा ओमर मुसा मोहमद रिहा गरिएको बिहीबार एक विज्ञप्ति जारी गरी जनाएका छन् ।

उनले आफ्नो कर्मचारीको रिहाइको पहलका लागि सुडानी सरकार र सुरक्षाकर्मीप्रति आभार व्यक्त गरेका छन् । राष्ट्रसंघले अपहरणमुक्त उनीहरुकाबारेमा यसभन्दा बढी विस्तृत् जानकारी उपलब्ध गराएको छैन ।

तत्काल यस समयमा हाम्रा सहकर्मीको स्वास्थ्य र हितका लागि र उनीहरुका प्रियजनको हितका लागि ध्यानकेन्द्रित गरिने युएनएचसीआरका प्रवक्ता एड्रिएन एडवार्डसले सन्चारकर्मीसँग बताए ।

सम्भव भएसम्म सबै कार्य उनीहरुको रेखदेखको वातावरण सिर्जना गर्न युएनएचसीआर लागिपरेको एडवार्डले बताए ।

‘युएनएचसीआरका कर्मचारीहरु विश्वभर अति नै कठिन परिस्थितिकाबीच आफ्ना परिवारबाट लामो समयसम्म टाढा रहेर समस्यामा परेको मानिसको सेवामा दत्तचित्त रहने गर्छन्’–उनले भने ।

अरू मानवीय सहयोग गर्ने व्यक्तिलाईजस्तो उनीहरुलाई अपहरणको खतरा, हिंसा र धम्की आउन नहुने प्रवक्ता एडवार्डले बताए । एडवार्डले आफ्नो संगठनद्वारा सुडानमा दिइँदै आएको सेवालाई आगामी दिनमासमेत निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गरे ।

पछिल्ला केही वर्षमा सुडानमा मानवीय सहयोगमा खटिएका कैयौं स्वदेशी तथा विदेशीलाई अपहरण गर्ने गरेको पाइएको छ ।

सन् २००३ मा डाफर प्रान्तमा भड्किएको द्वन्द्वपछि करिब तीन लाख मानिस यस क्षेत्रमा मारिएका र २५ लाखभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । रासस/एएफपी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK