सुख्खा पहिरोले मुग्लिन सडक अवरुद्ध

ENGLISH

सुख्खा पहिरोले मुग्लिन सडक अवरुद्ध

18 July, 2017 | Bhawana Pathak | 1380 Views | comments

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।

आज बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन । अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो खसेको हो ।

यसअघि चितवनको कालीखोला आसपास क्षेत्रमा मात्रै बढी पहिरो खस्दै आएको थियो । सोमबार साँझदेखि रोकिएका गाडी पहिरोका कारण आज जान पाएका छैनन् । पहिरो पन्छाउन केही घण्टा लाग्ने जनाइएको छ ।

जिप्रका, चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार असार २५ देखि रातिको समयमा गाडी रोकेर बिहानमात्रै पठाउने गरिएको छ । पहिरोले सबै गाडी रोकिएका छन् ।

ठूला बस, मिनीबस, माइक्रोबस तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा पुल आसपास क्षेत्रमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाड्ने गरिएको छ ।

पोखराबाट आउने सवारीलाई तनहुँको आँबुखैरेनीमा र काठमाडौँबाट आउनेलाई मुग्लिन बजारमा रोक्ने गरिएको छ । ती सवारीसाधनलाई साँझ ७ बजे रोक्ने र बिहान ५ बजे छाड्ने गरिएको छ ।

यस्तै, चितवनबाट जाने ट्रकलाई जुगेडी चौकी आसपासमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाडिने गरिएको छ ।

पोखराबाट आउने ट्रकलाई साँझ ७ बजे तनहुँको आँबुखैरेनीमा रोक्ने तथा काठमाडाँैबाट आउने ट्रकलाई कुरिनटार नजिकै लेवाटारमा रोक्ने र दुवै क्षेत्रका ट्रकलाई बिहान ५ बजे छाडिने गरिएको भए पनि आज भने पहिरोका कारण सबै गाडी रोकिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK