सिर्जना उत्सव बोस्टनमा सम्पन्न

ENGLISH

NRN GLOBAL

सिर्जना उत्सव बोस्टनमा सम्पन्न

21 June, 2016 | Sandeep Bhattarai | 1380 Views | comments

एउटा छुट्टै माहौल | मन्चमा एकएक दर्जन कविता वाचन गर्न तयार डा. शिव गौतम र दिनेश अधिकारी | डा. गौतम पत्नी साहित्यकार भारती गौतमसहित बोस्टन छोडेर अमेरिकाको अर्को राज्य फ्लोरिडा जान तम्तयार रहेका, अनि करिव एक महिना अमेरिका भ्रमणको उतरार्धमा रहेका जीवन संगिनी उषा अधिकारीसहितका दिनेश अधिकारी | संयोग, बोस्टनको सिर्जना उत्सवको ३६ औ शृंखला |

sirjana utsaw

पहिले नै मंचको अग्रभागमा रहेका दिनेश अधिकारीलाई डा. शिव गौतमले खादा लगाएर स्वागत गरे भने डा. शिव गौतमलाई दिनेशले | त्यति मात्रै होइन भारतीलाई उषाले खादा लगाई स्वागत गरिन भने उषालाई भारतीले | र सुरु भयो उपस्थित साहित्यकार र साहित्य अनुरागी सबै सभापति भएको उत्सव | चर्चित सारंगी वादक श्याम नेपालीले हालै दिवंगत भएका संगीतकर्मी अम्बर गुरुङको सम्मानमा एउटा संगीत प्रस्तुति पेश गरे भने संगीतकर्मी दिपक मुखियाले उनलाई साथ दिए |

साहित्यकार हरि थापाले सबैलाई औपचारिक स्वागत गरेपछि कार्यक्रम संयोजक गोवर्धन पूजाले पहिलो चरणमा आधा दर्जन कविता वाचन गर्न बोलाए साहित्यकार अधिकारीलाई | माटो र मुटुको सिर्जना वाचन गरेर दिनेशले सबैको मन जितेपछि डा. गौतमले माया र मस्तिस्कको कविताको रसास्वादन गराए |काव्य सिर्जनामा मदन पुरस्कार पाउने गीतकार एवं कवि दिनेश अधिकारी र बोस्टनको हार्डवर्ड विश्वविद्यालयमा नेपालीको उपस्थिति देखाउदै आएका प्रयोगधर्मी कविता सिर्जनारत कवि डा. गौतम | दुबैले सिर्जना उत्सवको उत्सवमा नया अनुभव संगाले| दुबैले मुक्त कण्ठले आयोजकको प्रसंशा मात्रै गरेनन यस किसिमको कार्यक्रमले लेखन परिमार्जनमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे |

नेपाल फर्केर पनि बोस्टनको कार्यक्रम नबिर्सने बचन दिए अधिकारीले भने डाक्टर गौतमले आफूले सिर्जना उत्सवलाई सधै महत्वपूर्ण सिर्जना मंचको रुपमा लिने गरेको बताए |, गौतमले भने – मैले सिर्जना उत्सवमा नै पहिलो पटक प्रयोगधर्मी कविता वाचन गरे र निरन्तरता दिदै आएको पनि छु | कार्यक्रमको मध्य भागमा दिनेश राजभण्डारी, अनु शाह, लालगोपाल सुवेदी, हरि काफ्ले, धन लेप्चा, सुशील नेपाल, लगायतले सिर्जना वाचन गरेपछि फेरि डा. गौतम र अधिकारीले बाँकी आधा दर्जन सिर्जना वाचन गरे | दिनेश पत्नी उषाले संक्षिप्त मन्तव्य दिइन भने दीपा राई पुनले आफ्नो सिर्जना र अस्वस्थताका कारण अनुपस्थित ममता कर्माचार्यको कविता सुनाइन |

sirjana utsaw1

कार्यक्रमको उतरार्धमा हरि थापा र गोवर्धन पूजाले कविता सुनाए | सभापति मध्येका एक मन्चमा आसिन भारती गौतमलाई उद्घोषकले सिर्जना वाचन, मन्तव्य र सभा बिसर्जन गर्न अनुरोध गरे पछि सुरु भएको थियो -रात्री भोज | कार्यक्रम समाप्ति पछि अधिकांशको मुखबाट कार्यक्रमको प्रसंशा हुदै थियो – यस्तो पो कार्यक्रम , छुट्टै स्वाद आयो | सिर्जना उत्सवको ३७ औ शृंखला साहित्यकार एलबी एरको संयोजनमा जुलाइको अन्तिम सातामा हुने भएको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK