सिरियामा ७० जिहादीको मृत्यु

ENGLISH

WORLD

सिरियामा ७० जिहादीको मृत्यु

15 February, 2017 | Krishna Adhikari | 975 Views | comments

उत्तरी सिरियामा औपचारिक रूप रहेका दुई जिहादी समूहबीच गत २४ घण्टायता भएको झडपको क्रममा करिब ७० लडाकूको मृत्यु भएको छ । मानव अधिकारी समूहले मङ्गलबार सो जानकारी दिएको छ ।

कुनै बेला अल कायदा समूहसँग आवद्ध फतेह अल शाम र कट्टर जिहादी समूह जुन्द अल आक्साबीच सोमबार बिहानबाट सो झडप सुरु भएको थियो । सिरियाको उत्तर पश्चिमी प्रान्त इद्लिबमा सो झडप भएको हो ।

बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सो झडप जुन्द अल आक्साले फतेह अल शामविरुद्ध आत्मघाती आक्रमण गरेपछि सुरु भएको हो । इद्लिबमा रहेको फतेह अल शामको प्रमुख कार्यालयमा भएको यस आत्मघाती आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको थियो ।

दुई जिहादी समुहबीच भएको यस भीषण झडपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६९ पुगेको र सो झडप छिमेकमा पर्ने प्रान्त हामामा समेत फैलिएको बताइएको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणतभयो । सो गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट (आईएस) पनि हाबी हुँदै गए ।

यस गृहयुद्धमा परी सन् २०११ को मार्च महिनाबाट हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने लाखाँै व्यक्ति घाइते भएका छन् । जारी यस युद्धका कारण लाखाँै व्यक्ति छिमेक देशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK