सिन्डिकेटका विपुल क्षेत्रीको ‘सिरिरी’ रिलिज (अडियो)

ENGLISH

ENTERTAINMENT

सिन्डिकेटका विपुल क्षेत्रीको ‘सिरिरी’ रिलिज (अडियो)

20 June, 2016 | Bipin Acharya | 500 Views | comments

सिन्डिकेट’बाट चर्चामा आएका दार्जिलिङका गायक विपुल क्षेत्रीको नयाँ एल्बम ‘माया’ रिलिज भएको छ। यसअघि ‘स्केचेज अफ दार्जिलिङ’ एल्बमको सफलतापछि उनले दोस्रो एल्बम माया सार्वजनिक गरेका हुन्।

timthumb

होन्डा नेपालको प्रायोजनमा तयार भएको एल्बमको पहिलो गीत ‘सिरिरी’ युट्युबमा रिलिज भएको छ। रिलिज भएको तीन दिनमै भिडियो तयार नभएको सो गीत ७० हजारभन्दा बढीपटक सुनिएको छ ।

सिरिरीमा गितारवादन, शब्द, संगीत, स्वर तथा एरेन्ज विपुल आफैंले सम्हालेका छन् भने प्रणय गुरुङको गितार, प्रवीर सेखरीको किवोर्ड, रेवन नारायणको ड्रम, किरण नेपालीको सारंगी वादन रहेको छ।

आठ गीत समावेश एल्बमका गीत प्रत्येक हप्ता एउटाका दरले सार्वजनिक गरिने होन्डा नेपालले जनाएको छ। एल्बमका सबै गीतमा विपुलको शब्द, संगीत र स्वर रहनेछ।

यस्तै होन्डा नेपालले विपुल क्षेत्रीका गीतको ‘कभर सङ प्रतियोगिता’को समेत घोषणा गरेको छ। प्रतियाेगितामा भाग लिनका लागि विपुलका जुनसुकै गीत गाएर युट्युबमा राखेर सो गीतको लिंक होन्डा नेपालको फेसबुक पेजमा अपलोड गर्न सकिनेछ।

विपुल आफैंले अपलोड भएमध्येबाट एकलाई उत्कृष्ट छान्नेछन् र होन्डा नेपालले एक लाख राशीको पुरस्कारको व्यवस्था गरेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK