सिड्नीमा सोनाम ल्होछारको तयारी हुँदै

ENGLISH

NRN GLOBAL

सिड्नीमा सोनाम ल्होछारको तयारी हुँदै

26 December, 2016 | Sandeep Bhattarai | 1110 Views | comments

सोनाम ल्होछार

सिड्नीमा तामाङहरुको सांस्कृतिक एवं मौलिक पर्व नयाँ वर्ष अर्थात सोनाम ल्होछारको धुमधाम तयारी हुँदै छ ।

तामाङ सोसाइटी अफ यन यस डब्लु – सिड्नी परिवार सदा झै यो बर्ष पनि तामाङहरुको मौलिक पर्व सोनाम ल्होछार २८५३ ज्या ल्होछार ( चरा बर्ष )मनोरन्जनात्मक कार्यक्रम लिएर आउँदैछ ।

यस स्टडी अष्ट्रेलिया ( YES STUDY AUSTRALIA ) को मुख्य प्रायोजनमा आगामी २८ जनवरीमा पिटरस्याम टावन हलमा हुने यस भब्य कार्यक्रममा नेपालबाट चर्चित गायक रोज मोक्तान अनि हास्य तथा रङमन्च कलाकार बुद्धी तामाङ उर्फ ‘हैट’ आउने भएका छन । तामाङहरुको परम्परागत कला , संस्कृति झल्कने झाकी लगायत तामाङ सेलोहरुका साथै विशेष डम्फु नाच समेत यो कार्यक्रमको मुख्य प्रस्तुतीहरु हुने तय भएको छ ।

युवाहरुको ढुक्ढुकी हिप होप गायक तथा स्टाइलिश दामी बोइ फुबा तामाङ र दिल तामाङको समेत प्रस्तुति रहने यो कार्यक्रममा सिड्नीका अन्य स्थानिय कलाकारहरुको पनि सहभागीता रहने छ । स्वदिस्ट नेपाली खाना सहित तामाङहरुको संस्कृति झल्कने गीत सङगित र पेट मिची मिची हास्ने यो कार्यक्रम को टिकट दर विशिष्ट डलर ५० र साधारण डलर ३५ गरी दुई प्रकारको रहेको छ |

सन २००९ देखि औपचारिक रुपमा सिड्नीमा मनाउदै आइरहेको सोनाम ल्होछारले तामाङहरुको कला संस्कृति बचाउन महत्पूर्ण भुमिका खेल्नुका साथै बहु सांस्कृतिक अष्ट्रेलियाली परिबेशमा समेत छुटटै टेवा पुर्याउदछ । बुद्ध पूजा र लामा प्रवचनबाट सुरु हुने यस् कार्यक्रममा सम्पूर्ण सिड्नीबासी नेपाली समुदाय लाई उपस्थितीको लागि कार्यबाहक अध्यक्ष दिल तामाङले निमन्त्रणा दिएका छन् ।

नेपालबाट यती धेरै टाढा आएर पनि नेपाली कला संस्कृतिलाई माया गर्नु पर्दछ भन्ने भावना राख्ने तामाङ समुदायका सम्पूर्ण सद्स्यहरु नेपालका बिभिन्न भागबाट आएका छन् । हरेक बर्ष अलि फरक प्रस्तुती दिने र सकेसम्म सबै नेपाली समुदायलाई समेट्ने प्रयास आयोजकहरुले राखेका छन् । लगभग ७०० देखी ७५० मानिसहरु उपस्थिती हुने यो वार्षिक कार्यक्रममा च्याङ्बार मैच्याङहरुको बाक्लो सहभागीता हुने पाइएको छ ।

टुङ्ना, डम्फु र सेलो नाचले ताम्झाम हुने यस कार्यक्रमले तामाङहरुको सांस्कृतिक पहिचान तथा परम्पराको ठुलो भाव बोकेको हुन्छ । भगवान गौतम बुद्ध नेपाली भुमीमा जन्मेका हुन भन्ने मुल नारालाई पनि यस्तो कार्यक्रम ले सार्थक दिलाउछ ।

थप जानकारी को लागि दिल तामाङ ०४०१ ५६४ ५६२ र किशोर लामा ०४०६ ६७५ ८९९ मा सम्पर्क गर्नु होला ।

२८५२ सोनाम ल्होछार बेल्जियममा भब्यताका साथ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK