सिड्नीमा दुई नेपाली सम्मानित

ENGLISH

सिड्नीमा दुई नेपाली सम्मानित

13 November, 2017 | Kunjar Bhattarai | 785 Views | comments

नेपालीहरुको बाक्लो बसोबास भएको सेन्ट जर्ज इलाकामा उनीहरुले गरेको स्वयमसेवाका लागि दुर्इ जना नेपाली सम्मानित भएका छन् ।

नेपाली पत्रकार ऋषि आचार्य र विद्यार्थी क्षितिज बुढाथोकीलार्इ हालै आयोजित एक समारोहमा न्यू साउथ वेल्स संसदमा ओएटली निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद मार्क कुरेले सम्मानित गरेका हुन् ।

पत्रकार आचार्यलार्इ नेपाल र अस्ट्रेलियामा पत्रकारिता तथा स्वयमसेवा गरेवापत र विद्यार्थी बुढाथोकीलार्इ पच्चीस वर्ष मुनिका युवा स्वयमसेवकको रुपमा सम्मानित गरिएको हो ।उनी सेन्ट जर्ज इलाकामा बस्ने अस्ट्रेलियामा नेपालका २३ वर्षे अन्तरास्ट्रिय विद्यार्थी हुन् र यहाँ स्वयमसेवी सामाजिक गतिविधिमा सहभागी छन् ।

त्यस्तै नेपालीहरुको वस्ती बढ्दै गएको लिभरपुल काउन्सिलले पनि आफ्नो दुर्इ सय सातौ वार्षिकोत्सवका अवसरमा गैरआवासीय नेपाली संघका सचिव देव गुरुङलार्इ सम्मानित गरेको थियो । उनलाई अफिसर अफ द अर्डर उपाधि दिइएको बताइएको छ ।

यो वर्षको बिशेष समारोह समापन पछि २०११ मा यो इलाकाको सामुदायिक सम्मान प्राप्त गर्ने पहिलो नेपाली राज कोइराला , नेपालबाट आएका प्रेस काउन्सिल नेपालका सदस्य सुदर्शन आचार्य, अस्ट्रेलियाको अन्तरास्ट्रिय विद्यार्थी काउन्सिलमा अध्यक्ष विजय सापकोटा लगायतले पुरस्कृत दुवै जनालार्इ बधाई तथा शुभकामना दिएका थिए ।

न्युयोर्कमा मानबअधिकारकर्मी नर्बदा क्षेत्री कुईन्स एम्बासडर पुरस्कार-२०१ द्वारा सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK