सिड्नीमा अर्का नेपाली सुजन शर्माको नदीमा डुबेर मृत्यु

ENGLISH

NRN GLOBAL

सिड्नीमा अर्का नेपाली सुजन शर्माको नदीमा डुबेर मृत्यु

28 December, 2016 | Bipin Acharya | 1400 Views | comments

sujan-sharmaक्रिसमस बिदाको अबसर पारेर पिकनिक गएका अर्का एक नेपालीको सोमबार सिड्नीको कंगारु नदीमा डुबेर मृत्यु भएको छ ।

साथीभाई र परिवारसँग पिकनिकका लागि सिड्नीको दक्षिण पश्चिीमी इलाका कंगारु भ्यालीको कंगारु नदी क्षेत्रमा गएका २४ वर्षीय सुजन शर्माको नदीमा डुबेर मृत्यु भएको हो ।

आइतबार मात्रै बाटामोला बिचमा पौडी खेल्ने क्रममा सुजन अधिकारीले ज्यान गुमाएका थिए । सिड्नीमा दुई दिनमा लगातार दुई दुखद् घटना भएका छन् ।

सन् २०१३ मा अष्ट्रेलिया आएका सुजन सिड्नीको बेल्मर क्षेत्रमा बसोबास गर्दथे । उनका भिनाजु रविन सुबेदीले दिएको जानकारी अनुसार शर्माको नदीमा डुबरे घटनास्थलमै ज्यान गएको हो । हाल उनको शव सोल हेभन अस्पतालमा राखिएको छ ।

लाइफ ज्याकेट निकालेर पाैडी खेल्न गएका सुजन त्यहीँ डुबेका थिए । उनीहरूमध्ये कसैलार्इ पनि राम्रोसँग पाैडी खेल्न नअाउने भएकाले तत्कालै उद्दार हुन सकेन । उद्दार टोलीले तीन घण्टापछि उनको शव नदीबाट निकालेका थिए । सोही स्थानमा गत बर्ष अर्का नेपाली पूर्ण बोहोराले पौडी खेल्ने क्रममै ज्यान गुमाएका थिए ।

यो बर्ष क्रिसमसकै क्रममा सिड्नीमा दुई जना नेपाली युवाले पौडी खेल्नेक्रममा ज्यान गुमाएका छन् । आइतबार मात्रै अर्का नेपाली युवा सुजन अधिकारीले वाटामोला बिचमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका थिए । लगालग दुई युवाको असामयिक निधनले यतिबेला सिड्नीको नेपाली समुदाय शोकमा परेको छ ।

यो बर्षको क्रिसमसका क्रममा नदीमा डुबेर ज्यान गुमाउने सुजन शर्मा साताैं मानिस भएको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ । जसमध्ये ६ जना पुरूष नै छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK