सिटी एक्सप्रेस मनी ट्रान्सफर १० औँ वर्षमा प्रवेश

ENGLISH

BUSINESS

सिटी एक्सप्रेस मनी ट्रान्सफर १० औँ वर्षमा प्रवेश

अब आफ्नै भवन कमलादीमा

12 July, 2016 | Sandeep Bhattarai | 1410 Views | comments

नेपालको एक अग्रणी मनी ट्रान्सफर तथा रेमिटेन्स कम्पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही मिति २७ असारका दिन आफ्नो दशौँ वार्षिकोत्सव मनाएको छ ।

money

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १० वर्षदेखि विदेशमा रहेका नेपालीहरूलाई नेपालमा प्रभावकारी रूपले रकम पठाउन सजिलो, सुरक्षित, तथा छरितो सेवा प्रदान गर्दै आएको छ । १० औँ वार्षिकोत्सवको यही शुभ अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादीस्थित आफ्नो नवनिर्मित भवन – (सिटी एक्सप्रेस कम्प्लेक्स ) को आज एक औपचारीक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले समुद्‍घाटन गर्नुभएको छ ।

सिटी एक्स्प्रेसले आयोजना गरेको समुद्घाटन समारोहमा प्रवन्ध निर्देशक चन्द्र टण्डनले भन्नुभयो , “यही १० वर्ष पुगेको शुभ उपलक्ष्यमा अब हामी कमलादीस्थित आफ्नै भवनमा सरेका छौँ । हामीलाई विश्‍वास छ, नयाँ भवन, सजिलो पहुचका साथै हाम्रा मिहिनेती कर्मचारीहरूबाट अब हामीले आफ्नो सेवालाई झन् प्रभावशाली बनाई उत्कृष्ट सेवा प्रदान गर्नमा कु नै कसर बाँकी राख्‍ने छैनौँ र देशभरिका जनतालाई भरपर्दो सेवा दिन तत्पर हुनेछौँ ।”

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भन्नुभयो, “हाल नेपालको अर्थतन्त्रमा रेमिटान्सको भूमिका ज्यादै नै महत्वपुर्ण रहेको छ । गैरकानुनी तवरले हुण्डीका मार्फत् नेपालमा भित्रिने क्रमलाई तोड्न नेपाल सरकारलाई मद्दत गर्नुमा सिटी एक्सप्रेसजस्ता कम्पनिहरूको महत्वपुर्ण हात छ । म सिटी एक्सप्रेसलाई १०औँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।”

रक्तदान कार्यक्रम सम्पन्न

नेपालको एक अग्रणी मनी ट्रान्सफर कम्पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १०औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादीस्थित आफ्नै भवन, सिटी एक्सप्रेस कम्प्लेक्समा उक्त रक्तदानको कार्यक्रम आयोजना गरेको हो । सिटी एक्सप्रेसका ५० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रमबाट सङ्कलन गरिएको रगत नेपाल ब्लड बैंकलाई हस्तान्तरण गरिएको थियो ।

यो पनि हेर्नुस – नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK