साहसिक पर्यटन प्रदर्शनीमा पहिलोपटक नेपाल

ENGLISH

NRN GLOBAL

साहसिक पर्यटन प्रदर्शनीमा पहिलोपटक नेपाल

24 January, 2017 | Sandeep Bhattarai | 1030 Views | comments

लन्डन

लन्डन ओलम्पियामा आयोजित ‘साहसिक पर्यटन प्रदर्शनी’ (एडभेन्चर ट्राभल शो २०१७) मा नेपालले पहिलोपटक सहभागिता जनाएको छ । २१ देखि २२ जनवरीसम्म चलेको प्रदर्शनीमा नेपालका तर्फबाट नेपाल पर्यटन बोर्ड र तीनवटा ट्रेकिङ एजेन्सी सहभागी थिए ।

विश्वभरबाट ११० प्रदर्शक सहभागी प्रदर्शनीमा नेपालले नेपाल ट्रेकिङ, र्‍याफ्टिङ, स्काइ डाईभिङ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइक यात्रा, रक क्लाइम्बिङ, अल्ट्रा लाइट एयर क्राफ्ट उडान जस्ता साहसिक पर्यटनका लागि उत्कृष्ट देश भएको सन्देश बाँडेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव शंकरप्रसाद अधिकारीले प्रदर्शनीमा नेपालको सहभागिता उपलब्धिमूलक रहेको बताए । ‘सहभागी धेरै जसोमा भूकम्पपछि नेपालको अवस्था कस्तो छ भन्ने जिज्ञासा पाइयो’, अधिकारीले कान्तिपुरसँग भने, ‘तर, हामीले सबै अन्योल चिरेका छौं । नेपालमा साहसिक पर्यटनको भविष्य साँच्चिकै उज्ज्वल छ ।’

बेलायती पर्यटक थप आकर्षित गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा विज्ञापन दिने तयारी गरिरहेको जनाउँदै अधिकारीले भूकम्पपछि बेलायती राजकुमार हयारीको नेपाल भ्रमण पर्यटन प्रवर्द्धनमा कोसेढुंगा सावित भएको उल्लेख गरे । सन् २०१६ मा ४६ हजार बढी बेलायती पर्यटक नेपाल भ्रमणमा गएका थिए । अघिल्लो वर्ष यो संख्या २९ हजार ७ सय ३० थियो ।

सचिव अधिकारीले एक वर्षभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने, ०१७ को मध्यदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालिने र निजगढमा दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण सुरु भएको जनाउँदै सरकार पर्यटन प्रवर्द्धनसँगै भौतिक पूर्वाधार निर्माणमा समेत जुटेको जानकारी दिए ।

युरोपेली युनियन (इयू)ले हवाइ सुरक्षा कारण देखाउँदै नेपाली एयरलाइन्स इयूका २८ देशभित्र उड्न रोक लगाइरहेको छ । यसले पर्यटक आगमनमा असर गरिरहेको छैन् ? कान्तिपुरको प्रश्नमा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले भने, ‘इयू प्रतिबन्धले ती देशका पर्यटक घटे भन्ने कुरामा कत्ति सत्यता छैन् । वर्षेनी नेपाल भ्रमण गर्ने पर्यटक वृद्धि यसको उदाहरण हो ।’ नेपाल पर्यटन बोर्ड कार्यकारिणी समिति सदस्य समेत रहेका गौतमले पर्यटकका मुख्य गन्तव्यहरु पोखरा, लुक्ला र जोमसोममा हवाइ सेवा पर्याप्त भएको दाबी पनि गरे ।

यसैबीच, लन्डनस्थित नेपाली दूतावासमा नेपालको साहसिक पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम भएको छ । सोमबार साँझ बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्षगाँठ मनाउने क्रममा ‘नेपाल अ डेस्टिनेसन फर एड्भेन्चर ट्राभल’ नामक कार्यक्रम गरिएको हो ।

दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, सन् १९९२ मा पहिलो पटक नेपाल पुगेका र बारम्बार नेपाल गएर त्यहाँको प्रकृतिलाई आफ्नो चित्रमा समावेश गरेका स्टेफेन जे किङ, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणिराज लामिछाने र दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपाल साहसिक यात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको चर्चा गरे ।

वक्ताहरुले लोन्ली प्लानेटले ‘वेष्ट ट्राभल २०१७’ टप टेन गन्तव्यमा नेपाललाई उत्कृष्ट ५ औं स्थानमा राखेको जनाउँदै प्राकृतिक सौन्दर्यताको वर्णन गरे । विश्वकै १४ उच्च शिखरमध्ये ८ वटा नेपालमै भएको चर्चा समेत गरियो । विदेशी समेत सहभागी कार्यक्रममा लामिछानेले दुईवटा बेग्लाबेग्लै साहसिक पर्यटन भिडियो प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुले लाखे, भैरव नाच र मौलिक नृत्य देखाएका थिए ।

कान्तिपुरबाट

युएईमा नेपालको पर्यटन प्रवर्दनका लागि फोटो प्रदर्शनी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK