सास क्रियसनले कतारमा ‘सुन्तली धुर्मुस साँझ‘ धमाका गर्दै

ENGLISH

NRN GLOBAL

सास क्रियसनले कतारमा ‘सुन्तली धुर्मुस साँझ‘ धमाका गर्दै

28 June, 2016 | Sandeep Bhattarai | 1340 Views | comments

दिलीप पराजुली, दोहा । गत वर्षको विनासकारी भूकम्पले पुर्याएको क्षतिकाे अझै पुनर्निर्माण हुन सकेको छैन । वर्षा लागिसकेको भएपनि पीडितहरु टहरामा बस्न बाध्य छन् । सरकारले पीडितहरुलाई अनुदान दिन नसक्दा उनीहरुको जीवन कष्टकर बन्दै गएको छ ।

katar_-dhurnus-suntali-sjh

देशबिदेशबाट करौडौको सहयोग भयो । विभिन्न दात्री राष्ट्रहरुबाट सहयोग भयो । केहि भए पनि पीडितलाई राहतको महसुस गर्ने मौका मिल्यो । आफ्नै देशमा केहि मात्रामा भए पनि सहयोग गर्ने उद्देश्यले चर्चित हास्य कलाकार जोडी धुर्मुस सुन्तलीले देशमा एउटा नयाँ कदम चालेका छन् ।

कलाकारिताबाट उठेको रकमबाट एउटा नमुना बस्तिको कल्पना गरी अहिले सिन्धुपाल्चोकको गिरानाचौर एकिकृत  नमुना बस्ति बनाउन हरपल लागि परिरहेका छन् यी जोडी ।मुस्लिम धर्मावलम्बीहरुको ठूलो चाड इदको अवसर पारेर दोहाको सनैया स्थित एसियन टाउन (ग्रान्ड मल ) को प्राङ्गणमा यहि आउने इदको दोश्रो दिन ‘सुन्तली धुर्मुस साझ’ गर्ने आयोजक सास क्रियसनले जनाएको छ ।

२६ जुन २०१६ का दिन दोहाको टपफम रेस्टुरेन्टमा भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा आयोजक कल्याण घिमिरेले यो जानकारी दिए । छोटो समय भएको हुनाले बढी भन्दा बढी दर्शक ले मनोरंजन लिउन् र त्यो बाट आएको रकम नमुना बस्ति निर्माणमा सहयोग गर्रिने बताए । कार्यक्रमकी बजार ब्यबथापक आशिका श्रेष्ठका अनुसार अहिले कार्यक्रमका लागि बिभिन्न स्थानमा टिकट पाइने व्यवस्था गरिने बताइन ।

एभरेष्ट नेपाल युथ एसोसिएसन र सन्ध्या ग्रुप कतारले बजार व्यवस्थापनमा मुख्य भूमिका खेल्ने कुरा जानकारी गराइन । सास क्रियसन प्रा लि को आयोजना , अरुण भ्यालीको स्पोन्सर तथा एभरेष्ट नेपाल युथ एसोसिएसन र बाब कतारको सहयोगमा सम्पन्न हुन गैरहेको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कालाकारहरु लोक गायक राजु गुरुङ , लोक गायिका मुना थापा मगर , नायिका रेखा थापा ,भोजपुरी नायिकाहरु परिनिका शर्मा , सीमा सिहं र रानी चटर्जीको बेजोड सांगीतिक प्रस्तुति रहने छ भने डी आई डी फस्ट रनर अप निर्मल तामाङको आकर्षक नृत्य पनि रहने छ ।

उक्त कार्यक्रम हेर्नका लागि कतारी रियाल ४०,६० र १०० दरका टिकटहरु तयार गरिएको छ बेलुका ६ बजे देखि सुरु हुने भनिएको सो कार्यक्रमको टिकट ग्राण्ड मल सनैया (३७ , एसियन टाउन मा पाइने छ भने दर्शकहरुको सुबिधाको लागि अनलाइन टिकटको पनि व्यवस्था गरिएको छ ।दोहाको टप फर्म रेस्टुरेन्टको सभा हलमा सम्पन्न पत्रकार सम्मेलनमा एभरेष्ट नेपाल युथ एसोसिएसनका अध्यक्ष उतम गुरुङ तथा धुर्मुस सुन्तलीको एकिकृत नमुना बस्ती निर्माणको सहयोगार्थ व्यक्तिगत ६ लाख रुपैया प्रदान गर्नु हुने समाजसेबी प्रकास कोइरालाको पनि उपस्थिति रहेको थियो ।

पत्रकारहरुको प्रश्नमा घिमिरेले भने यो नितान्त सामाजिक कार्यको लागि भनेकोले गर्दा दोहाबासी नेपालीहरुले यसलाई भित्रि मन बाट सहयोग गर्नु हुनेछ भन्ने आशा राखेको बताए । कार्यक्रम समापन हुने बित्तिकै आफुले कार्यक्रममा भएको खर्च कटाएर रहेको रकम सिधै यो अभियान हिरो धुर्मुस सुन्तलीलाई हस्तान्तरण गर्ने बताए ।

यो पनि हेर्नुस – धुर्मस सुन्तली फाउन्डेसनलाई जापानबाट सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK