सालैजो पछि रोईलामा नचाउँदै आए पंगेनी (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

सालैजो पछि रोईलामा नचाउँदै आए पंगेनी (भिडियो सहित)

9 June, 2016 | Sandeep Bhattarai | 500 Views | comments

 mayaबैदेशिक रोजगारीका शिलशिलामा युएईमा रहदै आएका लोक गायक गोपी कृष्ण पंगेनीले प्रबासबाटै नयाँ गीति कोशेली ल्याएका छन् । अघिल्लो बर्ष प्रवासी नेपालीका कथा समेटिएको सालैजो भाका ल्याएका पंगेनीले यस बर्ष नाँचु नाँचु पार्ने रोईला भाका लिएर दर्शक स्रोता माझ आएका छन् ।

स्थायी घर स्याङजा भएका पंगेनीले चर्चित गितकार, शब्द संकलन तथा संगितकार एक नारायण भण्डारीको लय शब्दमा ल्याएको रोईला गीतमा गायिका देवि घर्तिको साथ रहेको छ । लैनो गाईलाई घास, थारो गाईलाई पराल छ मायाले मन बराल्छ । शंकर बिसिको निर्देशनमा तयार पारिएको आकर्षक म्युजिक भिडियो सहित मायाले मन बराल्छ बोलको गीत युट्युव मार्फत सार्बजनिक गरिएको छ ।

सितारा म्युजिकले बजार ब्यवस्थापन गर्ने गरि सार्बजनिक गरिएको एल्बमको म्युजिक भिडियो भने म्युजिक नेपालको युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ । कृष्ण फिलिम्स एण्ड एडभरटाईजिंगले तयार पारेको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् । मह स्टुडियोमा छायंकन गरिएको म्युजिक भिडियोमा बिसी र अन्जली अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोमा राजेश घिमिरेको छायंकन तथा नविन घर्तिमगरको सम्पादन छ ।

अघिल्लो बर्ष मत परदेशी बोलको गिती एल्बम ल्याएका पंगेनीले सालैजो भाकाले जस्तै मायाले मन बराल्छ बोलको गीतले दर्शक स्रोताको मन जित्ने अपेक्षा सुनाए । यस पाली अझ बढि माया पाउने आशामा छु उनले विश्वास ब्यक्त गरे । सन २००३ देखिनै बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका पंगेनी गैर आवासिय नेपाली संघ युएईको सांस्कृतिक संयोजक हुन् ।

maya1

उनी अन्र्तराष्ट्रीय नेपाली कलाकार संघका महासचिव समेत हुन् । युएईमा हुने सांस्कृतिक कार्यक्रममा राम्रो पकड जमाएका गायक पंगेनी पछिल्ला बर्षमा छानिएका कार्यक्रममा मात्र आफ्नो प्रस्तुती सहित उपस्थित हुन्छन् ।

भिडियो-

 यो पनि हेर्नुस – युएईमा बनेको “हसाउँछौ तिम्रै मर्जी” बोलको गीत सर्वजनिक (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK