सार्कका गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रस्ताव किन गरियो ?

ENGLISH

सार्कका गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रस्ताव किन गरियो ?

प्रस्ताव पारित भए मुलुकलाई संकट : सरकारी अधिकारी

3 November, 2018 | Sandeep Bhattarai | 1440 Views | comments

एनआरएनले पाउने भए नागरिकता : विधेयक संसदमा दर्ता

संघीय संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ ।

सांसदहरू प्रमोद शाह र एकवाल मियाँले राज्यव्यवस्था समितिमा दर्ता गरेको उक्त प्रस्ताव पारित भए भारतमा ठूलो संख्यामा रहेका नेपाली मूलका भारतीयले समेत त्यस्तो नागरिकता दाबी गर्न सक्ने र त्यसले मुलुकमा संकट ल्याउन सक्ने चिन्ता सरकारी अधिकारीहरू प्रकट गर्छन्।

‘सार्क राष्ट्रभित्र भारत पनि पर्छ र भारतमा नेपाली मूलका लाखौं मानिस बसोबास गरिरहेका छन्, तिनले भारतीय नागरिकताका साथै नेपालमा पनि गैरआवासीय नेपाली नागरकिताको सुविधा पाए भने यहाँको आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा ठूलो उथलपुथल आउँछ,’ कानुनसेवाका एक उच्च अधिकारीले भने, ‘संविधानले नै यस्तो परिकल्पना नगरेको हुनाले उक्त प्रस्ताव असंवैधानिक छ।’

संविधानको धारा १४ मा ‘सार्क बाहेकका देशमा बसोबास गरेका’ नेपाली र तिनका सन्तानलाई मात्र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता दिने उल्लेख छ।

संसदमा पेस भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ को दफावार छलफलका क्रममा सांसदद्वयले ऐनबाट ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका भन्ने शब्दहरू झिक्ने’ प्रस्ताव पेस गरेका हुन्।

यसबाहेक उक्त संसोधन विधेयकमा अन्य २२ वटा संशोधन प्रस्ताव पनि पेस भएका छन्, जसमा आमा वा बाबु जुनसुकैका नामबाट सन्तानले नागरिकता लिन सक्ने र त्यसरी लिँदा नागरिकतामा ‘बाबुको पहिचान नखुलेको’ भनी उल्लेख गर्न नहुने प्रावधान समावेश गर्नुपर्ने प्रस्ताव गरिएको छ।

कांग्रेस सांसद गगन थापाले गरेको उक्त प्रस्तावमा ‘बाबुको पहिचान हुन नसकेको भन्नाले आमाद्वारा नागरिकता प्राप्तिको प्रयोजनका लागि बाबुको पहिचान आवश्यक नरहेको भन्ने बुझ्नुपर्छ’ भन्ने वाक्यांश दफा ३ को उपदफा ५ को स्पष्टीकरण थप हुनुपर्ने उल्लेख छ। यसअघि नै ऐनमा आमाका नामबाट पनि नागरिकता पाइने व्यवस्था भए पनि त्यो कार्यान्वयनमा आउन सकेको थिएन। ज्यादै संघर्ष गरेर अदालतसम्म पुगेपछि केही महिलाले सन्तानलाई आफ्नो नामबाट नागरिकता दिलाए पनि त्यसमा ‘बाबुको पहिचान खुल्न नसकेको’ वाक्यांश प्रशासन अधिकारीले राखिदिने गरेका थिए।

नागरिकतामा यस्तो लेख्दा प्रापकले त्यसलाई सार्वजनिक रूपमा देखाउने आँटै गर्न नसक्ने अवस्था आएको र अथक प्रयासपछि पाएको नागरिकताले खुसी दिनुको बदला उल्टै हीनताबोध गराएको भन्दै महिला अधिकारकर्मी तथा अधिवक्ता मीरा ढुंगानाले केही अघि संसदको राज्यव्यवस्था समितिमा यस्ता प्रकरणबाट प्रताडित दर्जनभन्दा बढी महिलालाई उपस्थितसमेत गराएकी थिइन्।
यसरी व्यावहारिक रूपमा ज्यादै कठिनाइ पर्न गएको देखेपछि सांसद थापाले उक्त संशोधन प्रस्ताव पेस गरेका हुन्।विधेयकमा ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक मानिनेछ’ भन्ने संशोधन राख्नसमेत प्रस्ताव गरिएको छ।

संविधानले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा नेपालको संघीय कानुनबमोजिम नागरिकता लिन सक्ने व्यवस्था छ तर यस्तो नागरिकता कम्तीमा ‘वैवाहिक सम्बन्ध कायम भएको ७ वर्षपछि’ मात्रै लिन सकिनेछ भन्ने प्रावधान विधेयकमा राख्नुपर्ने प्रस्ताव सांसद दुर्गा पौडेलले दर्ता गराएकी छन्। यसरी नागरिकता लिने महिलाले ‘विदेशको नागरिकता परित्याग गरेको निस्सा अनिवार्य रूपमा पेस गर्नुपर्ने’ प्रस्ताव पनि पौडेलको छ।

कान्तिपुरबाट 

नागरिकता सम्बन्धमा एनआरएनएको सुझाव 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK