सार्कका अध्यक्षको भूमिका न खेलाडीको न रेफ्रीको जस्तो भो : ओली

ENGLISH

POLITICS

सार्कका अध्यक्षको भूमिका न खेलाडीको न रेफ्रीको जस्तो भो : ओली

30 September, 2016 | Bipin Acharya | 1010 Views | comments

kp-sharma-oli-nepal-prime-minister

आउँदो नोभेम्बर महिनामा पाकिस्तानको इस्लामावादमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन स्थगित हुने लगभग निश्चित भएपछि यसको अध्यक्ष राष्ट्रको हैसियतले नेपालको भूमिका महत्वपूर्ण हुने भए अहिले सार्कका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको भूमिका मैदानभित्र रहे पनि न खेलाडीको न रेफ्रीको जस्तो भएको टिप्पणी हुन थालेको छ ।

सार्कको शिखर सम्मेलन मात्र हैन यो क्षेत्रमा युद्धको भय मडारिन थालेका बेला नेपालले त्यसलाई टार्न र सार्कको विवाद टार्न भूमिका खेल्नुपर्ने सुझाब पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको छ । उहाँले सार्कको १९ औं शिखर सम्मेलनलाई विवादमुक्त बनाउन नेपालले पहल गर्नुपर्ने बताउनुभएको छ ।

एमाले सम्पर्क समन्वय समितिद्वारा आयोजित शुभकामना कार्यक्रममा उहाँले सार्क सम्मेलन विवादमा आएको समयमा त्यसलाई समाधान गर्न नेपाल अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, “सार्कका वर्तमान अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल न मैदानका खेलाडी न खेलका रेफ्री हुनुभएको छ, केवल दर्शक मात्र भएर हुँदैन, समाधानमा पहल गर्नसक्ने हुनुपर्छ ।”

सार्कका सदस्य मुलुक भारतले पाकिस्तानसँगको तनावका कारण भारतले पाकिस्तानमा आगामी कात्तिकमा हुने तय भएको शिखर सम्मेलनमा भाग नलिने जनाएपछि अन्य केही सदस्य मुलुकले पनि सहभागि नहुने जनाएका छन् ।

अध्यक्ष ओलीले एमालेको नीति, विचार र सिद्धान्त अरु कुनै पार्टीसँग तुलना हुन नसक्ने बताउँदै देशलाई अग्रगामी दिशा र समृद्धि गराउने सम्बन्धमा एमालेको नीति अरुको भन्दा उत्तम भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ हुन् ।”

कार्यक्रममा महासचिव ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारका समयमा ल्याइएका राम्रा नीति तथा कार्यक्रमलाई प्रचारप्रसारका साथै संविधान कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताउनुभएको छ ।

एमालेले प्रदेशस्तरीय कमिटी गठन गरेसँगै सम्पर्क समन्वय कमिटीलाई प्रदेशस्तरको कमिटीको मान्यता दिइएको छ भने विगतका अञ्चल सम्पर्क कमिटी प्रदेशमा समायोजना हुनेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK