सामुद्रिक छालले बगाएर अमेरिकामा एक नेपालीको मृत्यु

ENGLISH

NRN GLOBAL

सामुद्रिक छालले बगाएर अमेरिकामा एक नेपालीको मृत्यु

अस्टिन, टेक्सस (अमेरिका)

30 May, 2017 | Sandeep Bhattarai | 770 Views | comments

सुबोध

अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ ।

काठमाडौं घर भइ हाल टेक्ससको अस्टिनमा बस्दै आएका सुवोध तण्डुकारको कर्पस क्रिस्टीस्थित सामुद्रिक किनारमा छालले बगाएर निधन भएको हो । साथीहरुसँग बिदा मनाउन गल्फ अफ मेक्सिकोको सामुद्रिक किनारमा गएर पौडी खेल्ने क्रममा छालले तानेको बताइएको छ ।

कर्पस क्रिस्टी टेक्ससको प्रमुख सामुद्रिक पर्यटकीय स्थल हो । यो ठाउँ टेक्ससको ड्यालसबाट चारसय २५ माइल टाढा रहेको छ ।

‘सबै विवरण मैले पनि पाएको छैन, अहिले लाशलाई स्थानीय अस्पतालमा राखिएको खबर मैले पाएको छु,’ मृतकका मामा राजेन्द्र श्रेष्ठले टेलिफोनमा हिमालय खबरसँग भने । श्रेष्ठ न्यूयोर्कमा बस्दै आएका छन् । उनी टेक्सस आउने तयारीमा छन् ।

३५ वर्षिय सुवोधले गत वर्षमात्र नेपाल गएर बिहे गरेका थिए । उनले पत्नीलाई समेत अमेरिका ल्याउनका लागि आवश्यक प्रकृया अघि बढाइसकेका थिए । सूचना प्रविधि (आइटी) मा कार्यरत उनले तीन महिना अघिमात्र अस्टिनमा घर किनेका मामा राजेन्द्रले जानकारी दिए ।

‘अब नेपालबाट सुवोधका बा–आमालाई ल्याउनका लागि प्रकृया सुरु गरिएको छ,’ राजेन्द्रले भने । सुवोधको शवलाई स्थानीय कर्पस क्रिस्टी मेडिकल सेन्टरमा राखिएको छ । मृतक तण्डुकारकी उनकी एक बहिनीमात्र छिन् । उनका पिता शिक्षक छन् भने आमा बैंकबाट रिटायर्ड कर्मचारी हुन् ।

उक्त घटनाको खबर पाएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आवश्यक सहयोगको लागि परिवारसँग समन्वय गरिरहेको छ । ‘असाध्यै दुखद् घटना हुनपुगेको छ, हामीले पीडित परिवार र आफन्तहरुसँग नजिकमा रहेर के सहयोग आवश्यक पर्छ त्यही अनुसार काम गरिरहेका छौँ,’ एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले भने ।

विशेषगरि समरको समयमा धेरै नेपालीहरु बिदा मनाउन सामुद्रिक किनारमा जाने भएकोले विशेष सचेतता अपनाउन पोखरेलको आग्रह छ । ‘समुद्रको छालले मानिसलाई तानेर लैजाने भएकोले त्यस्तो समयमा पौडी खेल्न नजानु उपयुक्त हो,’ पोखरेलले भने ।

हिमालय खबरबाट

अमेरिकामा कार दुर्घटनामा परी एक भुटानी नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK