सामुदायिक विद्यालयलाई प्रवासीद्वारा आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

सामुदायिक विद्यालयलाई प्रवासीद्वारा आर्थिक सहयोग

30 November, 2017 | Sandeep Bhattarai | 3375 Views | comments

सहयोग

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशि सहयोग गरेका छन् ।

उत्तरी पर्वतका जलजला र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा विपन्न, दलित र गरिब बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यले पर्वत पुन मगर कल्याणकारी कोष हङकङले रु १३ लाख सहयोग गरेको हो । जलजला गाउँपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका २६ वटा सामुदायिक विद्यालयलाई रु ५० हजारका दरले सहयोग गरिएको हो ।

विगत छ वर्ष अघि स्थापना भएको उक्त कोषको अक्षय कोषबाट यसअघि मिर्गौला पीडितको स्वास्थ्योपचारका लागि रु ७० लाख र भूकम्प पीडितको राहतका लागि रु ३० लाख सहयोग गरिसकिएको कोषका उपाध्यक्ष हेमबहादुर पुन ‘तुफान’ले जानकारी दिनुभयो । उहाँका अनुसार स्वदेशमा रोजगारी नपाएर आफूहरु प्रवासी जीवन बिताउनु परे पनि गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान होस् र विपन्न तथा दलित र जनजातिका बालबालिकाले पढ्नबाट वञ्चित हुन नपरोस् भनेर उक्त सहयोग गरिएको हो ।

पर्वत जिल्लाकै विकासका लागि भनेर कल्याणकारी कोष खडा गरिएको जानकारी दिँदै पुनले विदेशमा दुःख गरेर कमाएको रकमको थोरै हिस्सा सामाजिक सेवामा लगाउनुपर्छ भन्ने उद्देश्यले कोष खडा गरिएको जानकारी दिनुभयो । त्यस्तै उक्त कोषबाट मगर समुदायको बाहुल्यता रहेको उत्तरी पर्वतका बाँसखर्क, लेखफाँट, धाईरिङ, शालिजा, क्याङ, देउराली र देउपुरका विद्यालयमा खेलमैदानलगायत अन्य भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्दै आएको छ ।

विद्यालय पुनःनिर्माणका लागि प्रवासीद्वारा आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK