सामाजिक सञ्जाल नचलाउने सेलिब्रिटी

ENGLISH

ENTERTAINMENT

सामाजिक सञ्जाल नचलाउने सेलिब्रिटी

30 May, 2017 | Sandeep Bhattarai | 525 Views | comments

सेलिब्रिटी

सामाजिक सञ्जाल हाम्रो दैनिकी बनिसकेको छ । सेलेब्रिटीहरू त झन् यो प्रविधि आफ्ना लागि अझ बढी उपयोगी र आवश्यक रहेको बताइहिँड्छन् ।

प्रशंसकसँग जोडिन र अन्तक्र्रियात्मक बन्न उनीहरू डिजिटल प्लेटफर्म प्रयोग गरिरहेका हुन्छन् । तर, कतिपय सेलेब्रिटी यस्ता पनि छन् जो सामाजिक सञ्जालमा छाउन चाहँदैनन् । उनीहरूले औपचारिक एकाउन्टसमेत खोलेका छैनन् । केहीले भने एकाउन्ट खोले पनि अपडेट गर्ने गरेका छैनन् । कोही एकाउन्ट खोलिवरि डिएक्टिभेट गरेर बसेका छन् ।

ब्राड पिट, एन्जलिना जोली, केट हड्सन, क्रिस्टिन स्टेवार्ट, जेनिफर लरेन्स, केट विन्स्लेट, जुलिया रोबोर्टजस्ता हलिउड कलाकार सामाजिक सञ्जाल प्रयोग गर्दैनन् । भारतमा पनि ऐश्वर्या राय, रानी मुखर्जी, करिना कपुर, रनवीर कपुर, इम्रान कपुर, आदित्य चोपडा, सञ्जय लीला भन्साली, कंगना रनोट जस्ता सेलिब्रिटी सामाजिक सञ्जालमा छैनन् । यद्यपि उनीहरूका नाममा खोलिएका फेक एकाउन्ट भने टन्नै भेटिन्छन् ।

‘म ट्वीटर कदापि चलाउँदिनँ,’ अमेरिकी अभिनेत्री जेनिफर लरेन्सले बीबीसी रेडियो वानसँग भनेकी थिइन्, ‘मोबाइल वा प्रविधिबारे म त्यति जानकार पनि छैन । इमेल पढ्न त झर्को लाग्छ भने ट्वीटर त मेरा लागि बनेको चिजै होइन ।’ उनी इन्टरनेटमा झुन्डिन पटक्कै रुचाउँदिनन् । तर, उनको अफिसियल फेसबुक पेज भने छ । त्यसलाई प्रचार वा सार्वजनिक अभिव्यक्ति दिन प्रयोग गरिएको छ ।

अभिनेता ब्राड पिटले पनि आफू सामाजिक सञ्जालभन्दा निकै टाढा रहेको बताउँदै आएका छन् । फेसबुकहरूमा च्याट गरिबस्नुभन्दा शारीरिक कसरत गर्नुमा आफू बढी आनन्दित हुने उनको भनाइ छ । एन्जलिनाले चाहिँ छोराछोरीलाई भन्दा बाहेक अरू चिजका लागि आफूसँग अतिरिक्त समय नभएको अभिव्यक्ति दिने गरेकी छन् । उनले फेसबुक र ट्वीटरमा आजसम्म एकाउन्ट खोलेकी छैनन् ।

अभिनेत्री जुलिया रोबर्टले सामाजिक सञ्जाललाई कटन क्यान्डीको संज्ञा दिने गरेकी छन् । उनी भन्छिन्, ‘हेर्दा खाऊँ–खाऊँ लाग्दो हुन्छ । खायो फुस्सै बिलाउँछ । केही न केही ।’ ओस्कार अवार्ड विजेता, अभिनेत्री केट विन्स्लेट त छोराछोरीलाई समेत सोसल मिडिया प्रयोग गर्न दिन्नन् । केटाकेटीको आत्मसम्मान जोगाइराख्न आफूले यस्तो गरेको उनको भनाइ छ । ‘उनीहरू अरूलाई मनपर्ने गरी आफूलाई डिजाइन गर्न थाल्छन्,’ उनले द सन्डे टाइम्ससँग भनेकी छन्, ‘यसले तिनको खानपानमा समस्या ल्याउँछ । मेरो घरमा सामाजिक सञ्जाललाई कुनै ठाउँ छैन ।’

बलिउड एक्टर रनवीर कपुरलाई पनि सामाजिक सञ्जाल त्यति मनपर्दैन । उनले ट्वीटर कति झर्को लाग्दो हुन्छ भनेर लामै भाषण दिने गरेका छन् । ‘बेकारको टाउको दुखाइ,’ उनले भन्ने गरेका छन्, ‘ट्वीटरसँग मलाई कुनै आपत्ति छैन । तर, एउटा चिज लेख्यो त्यसको १० वटा फरक प्रतिक्रिया झेल्नुपर्छ । यसले अनावश्यक तनाव थप्छ ।’ मोबाइल फोनको ब्रान्ड एम्बासडर रहेका बेला उनले ट्वीटर चलाएका थिए । तर, पटक्कै इन्जोय गरेनन् ।

करिना र सेफ अली खान दुवै सामाजिक सञ्जाल रुचाउँदैनन् । कलाकारको जिन्दगी अलिक रहस्यात्मक हुनुपर्छ भन्ने सेफको मान्यता छ । त्यसैले उनी सामाजिक सञ्जालमार्फत आफूलाई अति पारदर्शी बनाउन चाहँदैनन् । उनकै पत्नी करिना पनि सामाजिक सञ्जालमार्फत आफूलाई सहजै उपलब्ध गराउन चाहन्नन् । करिश्माको इस्टाग्राममा भने बहिनी करिना र ज्वाइँ सेफअलीका तस्बिर मनग्गे भेटिन्छन् ।

ससुरा अमिताभ बच्चन र पति अभिषेक ट्वीटर र अन्य समाजिक सञ्जालमा खुब सक्रिय रहे पनि ऐश्वर्या कतै भेटिन्नन् । उनले आफू प्रविधि–फ्रेन्ड्ली नभएको प्रतिक्रिया दिने गरेकी छन् । रानी मुखर्जीले पनि आफू कुनै सोसल मिडियामा एकाउन्ट नखोलेको भन्दै आफ्ना नाममा रहेका सबै एकाउन्ट नक्कली भएको स्पष्ट पारेकी छन् । इम्रान कपुर, कट्रिना, कंगनाहरूले पनि ट्वीटरमा आफूलाई उपलब्ध गराएका छैनन् ।

कान्तिपुरबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK