सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

ENGLISH

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

भावना पाठक

14 September, 2016 | Sandeep Bhattarai | 10325 Views | comments

पुस्कल शर्मा

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक तथा सरजक हुन् पुस्कल शर्मा | केहि दिन अघि उनको मृत्युको झुटो खबरले सांगीतिक धरातल बेस्सरी थर्कियो | फेसबुक ट्वीटर जस्ता सामाजिक संजालमा उनको मृत्युलाई लिएर संवेदनाका सब्दहरु धेरै प्रकट भए | उनका फ्यानहरुमा सन्नाटा छायो |

म पनि उनको सुभचिन्तक भएको कारण एकपटक त तर्सिएको थिए | पुस्कल शर्मा को मृत्यु भएको खबर मन अमिलो भएको थियो तर अनलाइनमा आएको समाचार भनेसी यो पक्कै पनि उनको गीतको भिडियो हो भन्ने लाग्यो | किनकि अहिले आफ्नो साइट बिकाउनको लागि यस्ता कुरा लेखिनु सामान्य मानिन्छ तर यसले ठूलै रुप लियो |

कतिले पुस्कल शर्माले चर्चामा आउनको लागि लेख्यो भने कतिले वास्तविक चित्रण भने | तर सबै भन्दा वास्तविक त यो हो कि भिडियोमा पुस्कल शर्माको लय सब्द र स्वरमा रहेको गीत मलामी भनिएको छ | अभिनय र निर्देशन पनि पुस्कल शर्माको भनिएको छ | कुनै भिडियो रिपोर्ट हैन सम्पादन गरिएको भिडियो थियो | जसले युट्युबमा गएर भिडियो हेरेको उसले थाहा पाउछ गीत भनेर जसले समाचार मात्र पढ्छ उसले बुझ्छ पुस्कल शर्मा मरे भनेर |

उनको पछिल्लो समयमा आएको गीत मलामी | यसै भिडियो भित्रका सम्बादहरु र मिडियामा आएका नकारात्मक समाचारले उनलाई मर्न बिबश बनायो |भिडियोको आधा टुक्का हेरेर उनको जीवन माथि यति धेरै नकारात्मक कुराहरु आएकी सायद त्यो कुरा सहन पुस्कललाई यति बेला निकै कठिन परिरहेको हुन सक्छ |

तर बास्तबिकता त्यस्तो थिएन | मुटु जलाई जलाई-३ उनको यो गीत भित्रको भिडियो यति जिवन्त र मार्मिक थियो कि नचाहदा नचाहदै पनि उनका फ्यानलाइ उनको मृत्युको खबर पत्याउन कर लाग्यो | पुस्कल शर्माको बाइक दुर्घटनामा मृत्यु भन्ने समाचारको हेडलाइन राखेर आफ्नो अनलाइनको चर्चा बढाउन चाहनेले यो कुरा सोचेनन कि यसले उनको व्यक्तिगत जीवनमा कति असर पर्छ |

कलामा जीवन्तता हुनुपर्छ | कला भनेको कल्पनाशील जिवंन्त अभिव्यक्ति हो | जुन उनको गीतको भिडियोमा छ | तर भिडियो पुरा नहेरिकन बिचमा पुस्कलले चर्चामा आउन यसो गर्यो उसो गर्यो भन्नु भन्दा पनि पुरा भिडियो हेरेर उनको यो कामको प्रशंसा गर्नुपर्ने हो |पुस्कल शर्माको मैले सपोर्ट गरेको हैन | उनि संग मेरो न तिनको त तेह्रको साइनो छ | उनि मेरो आमाको पट्टिको मामा पनि हैनन् र बुबा पानीको काका पनि |तर मैले पश्चिमेली लोकदोहोरी सुन्न थालेको मैले पुस्कल शर्माको गीत सुनेरै हो |

यो गीत मलाई सुन्न मन थिएन र हेर्न मन पनि | उनका लगातार आउने यो वियोगान्त र दुखद गीत अलि बढी नै भएको थियो | त्यसैले मुडको कुरा न हो यति बेला त्यो गीत सुन्ने मुड थिएन मलाई र सुनिन पनि | भिडियो नि हेरेको थिएन | तर दुईदिन देखि संचार माध्यममा आएको हल्लाले सुन्न बाध्य पार्यो र सुने र हेरे पनि |

सुरुमा हेर्दा मनमा चसक्क हुन्छ | कतै यो बास्तबिकता त हैन भनेर |तर हेर्दै जादा थाहा हुन्छ कि यो पुस्कल शर्मा भित्र लुकेको कला हो भनेर |मैले उनको पुरा पुर सपोर्ट गरेको बिल्कुल हैन | तर नकारात्मक प्रतिक्रिया आए त्यति नकारात्मक हुन जरुरी थिएन मात्र भन्न खोजेको |पुस्कल शर्माले आफ्नो मलामी घटाए,.चर्चामा आउनको लागि यस्तो प्रचार गरे , जस्ता कुराहरु अलि चित्त बुझेन | मान्छेलाई आफ्नो नाम सबै भन्दा ठुलो छ | तर जहाँ सम्म कुरा छ पुस्कलको नाम कमाउनको लागि उनले यति गर्न जरुरि थिएन | नाम यसै छ उनको | अलि फरक गर्ने प्रयास गरेका हुन् जसले अलि बढी दुखद संदेश दियो |
जबर्जस्ति हसाउने र रुवाउने अहिलेको यो अभिनयको दुनियामा उनले बास्तबिकता बनाउने प्रयास गरे |

के बिग्रियो त | यहाँ चर्चामा मान्छेले जे पनि गरेका छन |आफ्नो शरीरको भैसी नदेख्ने अरुको टाउकोको जुम्रा देख्ने भनेको झैँ हको छ | हिजोको दिनमा दर्शकले छि -छि गरेर गाली गर्ने कलाकारले पनि आज पुसकल्ले चर्चामा आउनको लागि आफुलाई मारे भन्ने सुन्दा पो अचम्म लाग्यो त |सबै कलाकारले उनको यो कुरालाई उडाए | सामाजिक संजालमा उनलाई जोकर नै बनाइयो | कला क्षेत्रका हरेक मान्छे मर्छन ,पुन जन्म लिन्छन ,आत्मा बोकेर आउछन ,छिनमै माया गर्छन ,छिनमै छुट्छ | यो कलाको उपज हो | यति मरेको कुरा असामान्य हो भने यस्ता मरेको र मृत्यु सम्बन्धि समाचार नै आउनु हुदैन |

हुन त पुस्कल शर्माको मृत्युको खबर एक त पत्याउन गार्हो थियो | अनलाइनमा आएका समाचार पनि पत्याउन गार्हो थियो |आफ्नो समाचार साइटलाइ बिकाउनकै लागि अरुको मृत्युको झुटो खबर दिनु कति जायज हो |यसमा दोषी ति अनलाइन मिडिया पनि हुन् |जसले उनको मृत्यु भयो भन्ने खबर पोस्ट गरेको थियो | तर भिडियो पुरा हेर्ने हो भने यसमा कुनै नराम्रो कमेन्ट गर्नुपर्ने देखिदैन | कोमल ओलीले समाचार बचनको शैलीमा गरेको एउटा प्रस्तुतिकै कारण उनलाई मर्यो भन्ने ? पुरा भिडियो हेर्न पर्यो नि | जिवन्त अभिनय रहेको उनको यो प्रस्तुति मार्मिक छ हेर्न योग्य पनि छ |

आर्यन सिग्देल,जीवन लुइँटेल,राजेश हमाल,रेखा थापा,कला भित्र कति पटक मरे,कति पटक बाचे त्यो अगन्य छ | कलामा सबै कुरा सहि हुन्छ | त्यस्तै एउटा नमुना मात्र हो मलामी गीत | सकारात्मक रुपमा बुझेर हेर्ने हो भने कलाको वास्तविक रुप भेटिन्छ |लोक गीतमा पछिल्लो समयमा आएको अस्लिलतालाइ हामीले सजिलै स्वीकारेका छौ | लुकी लुकी त्यहि भिडियो हेरेर गाली गर्दै २०-२२ लख पटक हेरिएको बनाइदिने पनि हामि नै हौ | हिजो चर्चामा आउनकै लागि गीत गाउनेले पनि आज पुस्कलको खुलेर बिरोध गरेका छन |

समाजलाई अश्लिल बनाउने अस्लिल प्रकृतिको गीत भन्दा भ्रम छर्ने भ्रामक जीवन्ततानै सहि छ | सुरुमा हेरेर झस्केर गालि गर्नेले पनि पुरा भिडियो हेरिसके पछि सकारात्मक प्रतिक्रिया दिन कर लाग्छ |यसमा देखिएको कमजोरी भनेको कला क्षेत्रका विशिष्ट ब्यतिहरुले नै पुस्कलको मृत्युको भ्रामक खबरको प्रचार गरेका छन | जुन कुरा पचाउन अलि गार्हो भएको हो |

वियोगान्त गीतका धरोहर मानिने पुस्कल शर्माले आफ्नो मृत्यु भएको समाचार यसरि भाइरल होला भनेर सोचेका थिएनन् | भिडियोमा उनका बारेमा बोलिएका सबै सब्द सहि जस्तै थिए जन्म मिति बाबा आमा ,जन्मेको स्थान ,उनले गएका गीत ,अनि यी सबै को समग्र व्यक्ति पुस्कल शर्मा | यहाँ सबै भन्दा वास्तविक जस्तो देखिने भनेको कोमल ओलीको सिरियस प्रस्तुति थियो |

आफ्नो मृत्युको खबर सहितको भिडियो बनाउनको लागि उनको पनि मन डराउनुपर्ने थियो तर त्यसो भएन | जे भएपनि भिडियोको पुरा भाग हेरी सक्दा सम्म थाहा हुन्छ कि वास्तविक र जिवन्त अभिनय रहेको गीत हो मलामी भनेर |उनले यो भन्दा पहिले पनि आफु मरेको भिडियो त बनाएका छन तर त्यो त्यति वास्तविक थिएन | अहिलेको गीत पुरै वास्तविक जस्तो देखिन्छ | मुटु जलाई जलाई,मेरो मनको देउता,मेरो कथा सुन,अन्तिम पल्ट तिम्रो मुख हेर्न पाए हुन्थ्यो ,फरक,जस्ता थुप्रै सिरियस धारका गीत गाएका छन | सबैमा उनको सिरियस पन देखिन्छ |मलामी अलि बढी नै वास्तविक र सिरियस देखिन्छ |

उनलाई मर्यो भनेर प्रचार गरिएको गीतको भिडियो हेर्नुहोस :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK