सामाजिक कार्यमा सक्रिय हुँदै जिग्री पाँडे

ENGLISH

ENTERTAINMENT

सामाजिक कार्यमा सक्रिय हुँदै जिग्री पाँडे

31 July, 2016 | Sandeep Bhattarai | 1265 Views | comments

हाँस्य कलाकार

हाँस्य कलाकारहरु सामाजिक काममा निकै सक्रिय भइरहेका छन् । टेलिभिजनको पर्दामार्फत दर्शक हँसाइरहेका उनीहरु द:ख र पीडामा रहेका दर्शकको सहायतामा पनि सक्रिय देखिएका छन् ।

भूकम्पको समयमा सबै जसो हाँस्य कलाकारहरु भूकम्प प्रभावितको सहयोगार्थ खटिएका थिए । विभिन्न भूकम्प प्रभावित गाउँसम्म राहात वितरणका लागि पुगेका थिए । हाँस्य कलाकार जोडी सिताराम कट्टेल ( धुर्मुस ) र कुन्जना घिमिरे (सुन्तली)ले विद्यालय, शौचालयसँगै एकिकृत बस्ती नै बसाए । अहिले उनीहरु दोस्रो एकिकृत बस्ती निर्माण गरिरहेका छन् ।

यसैगरी, चर्चाको शिखरमा रहेको अर्को हाँस्य जोडी कुमार कट्टेल (जिग्री ) र अर्जुन घिमिरे (पाँडे) पनि समाज सेवामा उत्तिकै सक्रिय देखिन थालेका छन् । उनीहरुले पार्टीगत रुपमा नभई अब जनता विकासको लागि एक हुनु पर्ने भन्दै न्यूट्रल जनता अभियान सुरु गरेका छन् । धुर्मुस सुन्तलीसँगै मिलेर सामाजीक काम गर्दै आएका उनीहरुले सोहि अभियान अन्र्तगत बाढी पहिरो पिडितका लागि सहयोग गर्न सहयोगी मनहरुसँग अपिल गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिरहेका उनीहरुले बाढी पहिरो पीडितका लागि सहयोग गर्न सबैसँग अपिल गरेका हुन् ।

आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै उनीहरुले प्युठानको फोप्ली, लुङ, पूजा, अर्खा, राज्बरालगायतका बाढी पहिरो पीडितका लागि राहात अभियान संचालन गर्ने भन्दै सबैको सहयोग मागेका हुन् । आर्थिक सहयोगसँगै, लत्ता कपडा, औषधीलगायतका सामग्री समेत सहयोग गर्न सकिने उनीहरुले जनाएका छन् । सहयोग गर्न चाहने सहयोगी मनले ९८५१०५३६८५ मा सम्पर्क गर्न सक्नेछन् ।

जिग्री पांडे

आर्थिक सहयोग गर्न चाहने व्यक्ति वा संघ, संस्थाले लुम्बीनी बैंक नयाँ बानेश्वरको खाता नं १३२००४३३ मा सहयोग जम्मा गर्न सक्ने कुमार कट्टेलले जानकारी दिएका छन् । बाढी पहिरोबाट पीडितहरुलाई सहयोग पुर्याउने हेतुले सहयोग संकलन अभियान गरेको र सहयोग संकलन हुने बित्तिकै पिडित समक्ष पुर्याउन प्रतिबद्ध रहेको उनले बताएका छन् ।धुर्मुस सुन्तलीसँगको सल्लाह र सहकार्यमा बाढी पीडितका लागि सहयोग संकलन अभियान चलाउन लागेको उनीहरुको भनाई छ ।

यो पनि हेर्नुस – लुट २ को छायांकन सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK