सामन्था र नागार्जुनका छोराको विवाह मिति तय

ENGLISH

ENTERTAINMENT

सामन्था र नागार्जुनका छोराको विवाह मिति तय

22 May, 2017 | Bhawana Pathak | 730 Views | comments

दक्षिण भारतीय सुपर स्टार नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्थाको विवाहको मिती तय भएको छ । गत वर्षको डिसेम्बरमा ईन्गेजमेन्ट गरेको यो जोडी यहि वर्षको अक्टोबर ६ मा विवाह बन्धनमा बाँधिने भएको छ ।

अभिनेत्री सामन्था दक्षिण भारतीय सिनेमाकी सफल अभिनेत्री हुन् । त्यस्तै नागाले पनि दक्षिण भारतीय सिनेमामा राम्रो छवि बनाएका छन् । यी दुईको कामलाई सङख्यात्मक रुपमा हेर्ने हो भने नागाले भन्दा सामन्थाले धेरै सिनेमामा काम गरेकी छिन् । नागा व्यवसायिक रुपमा सामन्था भन्दा पछि छन् । सामन्थाले सन् २०१२ मा बलिवुड सिनेमा ‘एक दिवाना था’मा पनि काम गरिसकेकी छिन् ।

८ वर्ष देखि एकअर्काको प्रेममा
सामन्था र नागा बिगत ८ वर्ष देखि एकअर्कालाई डेट गरिरहेका छन् । सन् २०१६ मा सामन्थाले नागासँगको सम्बन्ध स्वीकार गरेकी थिईन् । वास्तविक जीवनमा पति पत्नी हुन लागेका नागा र सामन्थाले सिनेमामा पनि पति पत्नीको भूमिका निर्वाह गरिसकेका छन् । सन् २०१० मा आएको सिनेमा ‘ये माया चेसावे’मा नागा सामन्थाका पतिको भूमिकामा थिए । यो सिनेमाबाट सामन्थाले फिल्मफेयर डेब्यु अवार्ड पाएकी थिईन् । यसरी भयो सिनेमामा डेब्यु करिअरको सुरुवाती दिनमा सामान्थाले आर्थिक अभावका कारण निकै तनाव भोगेकी छिन् । उनले पहिले आर्थिक आवश्यकता पूरा गर्न पार्ट टाईम काम गर्थिन् । यहि क्रममै पछि उनले मोडलिङमा कदम बढाईन् ।

मोडलिङको क्रममा सिनेमेटोग्राफर तथा निर्देशक रवि वर्मनले उनलाई देखेर सिनेमा ‘मासकोविन कावेरी’को लागि प्रस्ताव राखे । यो सामान्थाको डेब्यु सिनेमा हो । नगार्जुनको आमाको भूमिकामा सामन्था सन् २०१४ मा आएको सिनेमा ‘मनम’मा सामन्थाले हुनेवाला ससुराबा अर्थात नागार्जुकी आमाको भूमिका निभाएकी थिईन् । यो सिनेमामा तीन पुस्ताको कथा समेटिएको छ । रोगका कारण सिनेमा छाड्नु पर्ने बाध्यता अभिनेत्री सामन्थाले खराब स्वास्थ्यका कारण केही सिनेमाहरु छोड्नु परेको थियो ।

सन् २०१३ मा स्वास्थ्य जाँच गर्दा उनलाई मधुमेह भएको थाहा भएको थियो । यहि रोगका कारण उनले ठूला भनिने निर्देशक र निर्माताहरुका केही सिनेमाहरु छाड्नु परेको थियो । हाल भने उनी यो रोगबाट पूर्णरुपमा ठिक भईसकेकी छिन् । सामान्थाले सिनेमा ‘सन अफ सत्यमुर्ती’मा मधुमेह रोगीको भूमिका निभाईसकेकी छिन् । सामाजिक काममा अघि सामन्था सामाजिक काममा पनि सक्रिय छिन् । उनले ‘प्रत्युषा सपोर्ट’ नामको एक एन जी ओ सञ्चालन गर्छिन् । यसले केही क्षेत्रमा आवश्यक बालबालिका र महिलाहरुलाई स्वास्थ्य उपचारमा सहयोग गर्दै आईरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK