सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस पोखरामा

ENGLISH

SPORTS

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस पोखरामा

रामजी लम्साल,पोखरा

23 December, 2016 | Ramji Lamsal | 1080 Views | comments

टेनिस

नेपाल सरकार,राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुरु भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल पोखरामा हुने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको कास्की जिल्ला टेनिस संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । सभाषद् रबिन्द्र अधिकारीले शनिबार बिहान प्रतियोगिताको उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।‘राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वमा सञ्चालन गरिएको भएपनि टेनिस पोखरामा गर्न हामीले राखेपलाई आग्रह गर्यौ र प्रतियोगिता पोखरामा ल्याइयो’ नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले पत्रकार सम्मेलनमा भनिन् ।

पूर्वाञ्चलमा टेनिस कोर्टहरु एकै ठाउँमा नभएका कारण पनि यो प्रतियोतिगा त्यहाँ सञ्चालन गर्न केहि कठिन हुने भएकाले प्रतियोगिता पोखरामा आयोजना गरिएको राणाले बताइन् । ‘प्रतियोगिता काठमाण्डौमा पनि गर्न सकिन्थ्यो, तर पोखराले संघर्षका साथ छोटो समयमै यहाँ पाँचवटा कोर्ट बनाइसकेको छ, त्यसैले पनि हामीले प्रतियोगिता पोखरा ल्याउन जोड दियौं’–उनले भनिन् ।

प्रतियोगितामा विभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा पाँच विकास क्षेत्रका पाँच टिम गरि ८ टिमको सहभागिता रहने टेनिस प्रशिक्षक सूर्यभुषण बज्राचार्यले जनाकारी दिए । प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरि ६६ जना खेलाडी १६ स्वर्ण, १६ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषको टिम इभेण्ट, मेन्स सिंगल, डबल, तथा महिला सिंगल, डबलतर्फ प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता सम्पन्न गर्न १६ जना अफिसियलहरुको पनि सहभागिता रहेको छ । पत्रकार सम्मेलनमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका सचिव लोक गुरुङ्ग लगाएतले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।

सातौं राष्ट्रिय खेलकुद – २०७३ को तयारी तीव्ररुपमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK