साढे पाँच किलो चाँदीका गहनासहित एक पक्राउ

ENGLISH

साढे पाँच किलो चाँदीका गहनासहित एक पक्राउ

8 January, 2017 | Krishna Adhikari | 795 Views | comments
cleo'Qm ;fj{hlgs ca}w rfFbL 9'jfgLsf] cleof]udf kqmfp k/]sf jL/uGh 5ks}of lgjf;L k|bLk ;fx ;f]gf/nfO{ kfFr lsnf] ^!% u|fd rfFbLsf uxgf;lxt zlgaf/ ;fj{hlgs ub}{ k;f{sf k|x/L . tl:a/ M laho M s'df/ dxtf], k;f{, /f;;


साढे पाँच किलो भन्दा बढी चाँदीका गहनासहित पक्राउ परेका एक जनालाई प्रहरीले शनिबार पर्सामा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले  पत्रकार सम्मेलनको आयोजना गरी पाँच किलो ६१५ ग्राम चाँदीका गहनासहित पक्राउ परेका वीरगन्ज उपमहानगपालिका– ३ छपकैयाका प्रदीप साह सोनारलाई सार्वजनिक गरेको हो ।

भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको अवस्थामा प्रहरीले उक्त परिमाणको चाँदीका गहनासहित सोनारलाई वीरगन्जस्थित रजतजयन्ती चोकबाट शनिबार राती पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो ।

प्राप्त सूचनाका आधारमा सोनार सवार रहेका ना ३३ प ३३६२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसको सिटमुनी लुकाइ राखिएको अवस्थामा चाँदीको एक सय ५३ थान सिन्दुर राख्ने डब्बा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।

प्रहरी उपरीक्षक साहले बरामद गरिएको चाँदीका गहना, मोटरसाइकल र पक्राउ परेका सोनारलाई आवश्यक कानुनी कार्यबाहीका लागि आजै बाराको पथलैयास्थिति राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विगत एक महिनामा प्रहरीले पर्साको विभिन्न स्थानबाट भन्सार छली भित्र्याइएका रु दुई करोड ३० लाख २७ हजार मूल्य बराबरका विभिन्न समान बरामद गरेका छन् ।

बरामद गरिएको सामग्रीमा कपडा, खाद्ययान, सौन्र्दय प्रशोधन, मोटरपर्टस् तथा वनबाट फँडानी गरिएको काठसहितका रहेका छन् ।ती सामग्रीलाई आवश्यक कानुनी कार्यवाहीका लागि सम्बन्धित निकायको जम्मा लागएको उपरीक्षक साहले जानकारी दिनुभयो छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK