साङगितिक कन्सर्ट भइरहेको बेला ,बेलायतको म्यानचेष्टरमा आतंकवादी हमला

ENGLISH

WORLD

साङगितिक कन्सर्ट भइरहेको बेला ,बेलायतको म्यानचेष्टरमा आतंकवादी हमला

23 May, 2017 | Bipin Acharya | 515 Views | comments

ब्रिटेनको म्यानचेष्टर शहरमा एउटा पप साङगितिक कन्सर्ट भइरहेको स्थानमा संदिग्ध आतंकवादीहरुले गराएको हुनसक्ने ठानिएको बम बिस्फोटनमा कैयौं मानिसहरु मारिएको प्रहरीले जनाएको छ। म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो विस्फोट भएको थियो।

म्यानचेष्टरको प्रहरीले कम्तीमा १९ जनाको मृत्यु भएको र झण्डै ५० जना घाइते भएको पुष्टी गरेको छ।उक्त घटनालाई आतंकवादी हमलाको रुपमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।

एक जना प्रत्यक्षदर्शीले उक्त विस्फोटनले आफुलाई कैयौं मिटर पर हुत्याइदिएको बताए। विस्फोटनका कारण भवनहरु हल्लिएका थिए र भग्नावशेषहरु हावामा उडिरहेको भन्दै ती प्रत्यक्षदर्शीले आफुले कैयौं मानिस भुईंमा ढलिरहेको देखेको र त्यसमध्ये केहीले ज्यान गुमाएको हुनसक्ने बताए।

मध्ये म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा अहिले बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सो क्षेत्रलाई घेराबन्दी गरिएको छ र नजिकै रहेको मुख्य रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध भएको छ।

बीबीसीका गृह मामिला संवाददाता डेनियल स्यानफोर्ड भन्छन् लन्डनमा प्रति आतंकवाद हेर्ने उच्च अधिकारीहरु भेला भइरहेका छन् र उनीहरुले गृहमन्त्रालयसँग समन्वय गरिरहेको छन्।

घटनास्थलमा रहेका बीबीसी संवाददाता टिम एशबर्नले बमको छर्रा लागेर घाइते भएका केही मानिसहरुको उपचारमा संलग्न स्वयमसेवकहरुसँग कुराकानी गरेका थिए। कैयौं प्रत्यक्षदर्शीहरुले विस्फोटन लगत्तै अन्योलपूर्ण परिस्थिति देखिएको जनाएका छन्।

साङ्गीतिक कार्यक्रम हेर्न आएकी आफ्नी श्रीमती र छोरीलाई लिन गएका एण्डी होलीले भने, “म उनीहरुलाई कुरिरहेको थिएं र त्यसैबेलामा विस्फोटन भयो। म हुत्तिएर करिब ३० फिट परको अर्को ढोका नजिकै पुगें।”

“त्यसपछि उठेर हेर्दा मैले भुईंमा शवहरु देखे, शुरुमा एरेना भित्र गएर मलाई आफ्नो परिवार खोज्न मन लाग्यो, जब मैले उनीहरुलाई भेटाउन सकिन तब म प्रहरीसँगै बाहिर निस्किएं र आफ्नी छोरी र श्रीमतीलाई खोज्दै केही शवहरु पनि हेरें।”

“अन्तत: मैले उनीहरुलाई फेला पारे र उनीहरु सकुशल नै थिए,” उनले भने।-बीबीसी नेपाली सेवावाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK