साउन १० गते विप्लव माओवादीद्वारा नेपाल बन्दको घोषणा

ENGLISH

POLITICS

साउन १० गते विप्लव माओवादीद्वारा नेपाल बन्दको घोषणा

संसदवादी पार्टीहरु विदेशीको डिजाइनमा सत्ताको खेल खेल्दै

16 July, 2016 | Sandeep Bhattarai | 1595 Views | comments

सर्लाहीको सुकुम्वासी बस्तीमा सरकारेले जारी राखेको दमन जारी राखेको भन्दै नेकपा माओवादीले आगामी साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ ।

sa

शुक्रबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा माओवादीको केन्द्रीय कार्यालयद्वारा सर्लाहीको सुकुम्बासी बस्तीमाथि असार २१ गतेदेखि जारी राखेको दमनविरुद्ध धारणा तथा विरोध कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक प्रेस विज्ञप्ति जारी गर्दै यो घोषणा गरेका हुन् ।

सरकारले सुरक्षा फौज परिचालन गरेर सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा बर्बर दमनको क्रमलाई जारी राखेको भन्दै विरोधस्वरुप नेपाल बन्दको घोषणा गरेको जनाएको छ । जारी विज्ञप्तिमा विरोधको पहिलो कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रम अनुसार साउन १ देखि साउन १० गतेसम्म विरोधका कार्यक्रम राखिएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले सुकुम्वासीमाथि सरकारको दमन तत्काल बन्द गर्न आग्रह गरे । उनले भने ‘दमन तुरुन्त बन्द नगरे नेकपा माओवादीले त्यसको निर्मम प्रतिवाद गर्छ, यो कुरा राज्यले समयमै बुझ्नु पर्छ ।’राज्यको बर्बर दमनको रुपमा हेर्न सागरनाथ बस्तीमा पुग्न पनि पत्रकारहरुलाई उनले आग्रह गरे । ‘तपाई पत्रकार मित्रहरु एकचोटी सर्लाहीको सागरनाथ पुग्नु जरुरी छ । आफना सुकुम्वासी जनतालाई सरकारले कस्तो व्यवहार गरेको छ ? त्यो त्यहा पुग्नेलाई स्पष्ट हुन्छ’ प्रवक्ता प्रकाण्डले भने ।

घटनाको वास्तविक तथ्य बाहिर ल्याउन पनि पत्रकारहरुसँग उनले आग्रह गरेका छन् । ‘बाहिरबाट हेर्दा सरकारले केही नगरेको जस्तो देखाइएको छ । तर घटना राज्यले निर्मम बनाएको छ । त्यो दृष्य त्यहाँ पुगेर मात्र थाहा हुन्छ’ उनको भनाई छ ।पत्रकार सम्मेलनमा सुकुम्वासीमाथि दमन बन्द गरेर घाइतको निशुल्क उपचार र सुकुम्वासीको भौतिक सम्पत्तिको क्षतिपूर्ति दिन सरकारसँग माग गरे । प्रहरी दमनबाट सुकुम्वासी संजिव बम्जनको बायाँ आँखा गुमेको छ । नामबाट छोडिएको गोली टाउकोमा पुगेर अड्किएको चितवन मेडिकल कलेजले जनाएको छ ।

१२ जना सख्त घाइते भएका छन् । दमनका क्रममा सयौं थान अश्रु ग्याँस, रबर र सिसाको गोली प्रहार गरेका थिए । सागरनाथमा हाल करिब ५ हजार सुकुम्वासी बसोबास गर्दै आइरहेका छन् । हिमाल, पहाड र तराईबाट गएका बाढीपहिरो तथा द्वन्द्वपीडितहरु त्यहाँ पुगेका हुन् । उनीहरुलाई सरकारले नै ०६६ सालबाट पौचारिक रुपमा निर्णय गरी सुकुम्वासीलाई त्यहाँ राखिएको थियो ।

sa1

कार्यक्रमअनुसार पहिलो चरणमा साउन १ गते देशव्यापी पत्रकार सम्मेलन तथा भण्डाफोर गर्ने, २ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम, ३ गते देशव्यापी अन्तरक्रिया, ५ गते देशव्यापी जनप्रदर्शन र १० गते नेपाल बन्द तथा बन्दमा मानवअधिकारवादी परिचालन गर्ने कार्यक्रम रहेको छ ।

यो पनि हेर्नुस – चन्दको बन्दले सर्वसाधारण समस्यामा : कोटेश्वरमा एउटा ट्याक्सीमाथि आगजनी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK