साउदी पुगेका १७ नेपालीको बिचल्ली

ENGLISH

NRN GLOBAL

साउदी पुगेका १७ नेपालीको बिचल्ली

9 September, 2017 | Kunjar Bhattarai | 645 Views | comments

 

रोजगारीको शिलशिलामा साउदी पुगेका १७ नेपालीको बिचल्ली भएको छ । नौ महिनासम्म कम्पनीले तोकेको तलब नपाएपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

कम्पनीले नौ महिनासम्म तलब नदिएपछि लेबरकोर्ट गुहारेर न्यायका लागि संघर्ष गरिरहेका नेपालीहरुलाई खानेबस्नकै समस्या भएको पीडितहरुको गुनासो छ ।ईमास्को नेपाल, नाइल ओभरसिज र आर.पि. इन्टरनेशनल मेनपावर कम्पनीले साउदी अरबको याम्बुस्थित सादत अल अमिद कम्पनीमा १००० रियाल तलब र खानबस्न, आवास अनुमति पत्र अनि स्वास्थ्य विमा उपलब्ध गराउने सम्झौतामा १७ महिनाअघि वैशाखमा उनीहरु साउदी अरब पुगेका थिए ।

तलब सुविधा नपाएपछि विगत ५ महिनाअघिदेखि लेबरकोर्टमा मुद्दा खेपिरहेका उनीहरुलाई हाल खान बस्न निकै कष्ट भएको बताइएको छ । बसेको कोठाबाट हटाउन कम्पनीले पटकपटक बिना कसुर पुलिस लगाइ पक्राउने गरेको उनीहरुको भनाई छ ।पीडितहरुका अनुसार लाई, दुःख दिने गर्नुका साथै ढलको निकास थुनेर फोहर पानी कोठामा छिराइ दिने, धम्काउने गर्दै आएको थियो । भाद्र २१ गतेबाट कोठाको बिजुली पनि काटिएको उनीहरुले गुनासो गरेका छन् ।

पीडितहरु भन्छन् “एम्वेसीको सरहरु आएर एक पटक तीन सय रियाल दिनु भयो । हामीले हाम्रो बसाई कष्टकर रहेको पीडा सुनाएका हौ, उल्टो उहाँले कोठा नछाड्नु मुद्दा कमजोर हुन्छ भन्नु भयो ।”दुतावासले उनीहरुलाई बासस्थानको व्यवस्था मिलाउन अनुरोध गर्दा उनीहरु बसिरहेको स्थानबाट सारिए कम्पनीले भागेको आरोप लगाउन सक्ने र लेबरकोर्टको मुद्दा कमजोर हुने भएकाले उनीहरुलाई बाध्यतावश त्यही बस्न लगाईएको कार्यबाहक महावाणिज्यदुत रेवतीरमण पौडेलले बताए ।

पीडितहरुका अनुसार नेपालबाट एक हजार साउदी रियाल र खानबस्न दिने सम्झौतामा साउदी अरबको यान्बुस्थित सादअल अल अमिद कम्पनीले ल्याएर तीन महिनासम्म २ सय रियाल र त्यसपछि मासिक आठ सय रियाल र खान बस्न दिने शर्तमा काम लगाएको थियो । न्याय पाउने प्रवल सम्भावना भएपनि यही अवस्थासम्म रहन बस्न नसक्ने उनीहरु बताउछन् । मानसिक र शाररिक रुपमा गल्दै गइसेका उनीहरु दशै नजिक आइरहेका बेला नेपाल फर्कन भिसा र टिकट मात्रै पाए नि फर्कन्छौ भन्न थालेका छन् । दशै लागिसक्दा पनि घर फर्कन पाउने अवस्था बन्न सकेको छैन ।

साउदीबाट मृतक घर फर्किएपछि…

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK