साउदी अरबमा तीन नेपालीलाई तीन वर्ष जेल

ENGLISH

NRN GLOBAL

साउदी अरबमा तीन नेपालीलाई तीन वर्ष जेल

2 June, 2016 | Sandeep Bhattarai | 555 Views | comments

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका तीन नेपालीलाई त्यहाँको अदालतले जनही तीन वर्ष जेल र सय कोर्रा सजायको फैसला सुनाएको छ । सिन्धुली रानीचुरी ७ का सन्तोष घिमिरे, डाँगीहाट ८ चन्द्रपुर मोरङका सुवास थापा क्षेत्री र सिरहाका दिनेशलाल शाहलाई त्यहाँको अदालतले चोरीको अभियोगमा यस्तो सजायसहितको फैसला सुनाएको हो ।

Dineshlal-Sah-Santosh-Ghimire-Subash-Thapa_850524819

साउदी अरबस्थित ओसियन नेट ट्रेडिङ कम्पनी एलएलसीमा कार्यरत उनीहरूलाई एक साताअघि (जेठ १२ गते) अदालतले यस्तो सजायको फैसला गरेको सजाय पाउने घिमिरेले साउदीबाट जानकारी दिए । उनीहरूलाई कार्यरत कम्पनीको टुटफुट भएका र भाँचिएका काठका फनिर्चर चोरी गरी बिक्री गर्न लागेको आरोपमा कम्पनीकै उजुरीका आधारमा अदालतले दोषी ठहर गरेर सजाय सुनाएको हो ।

उनीहरूले आफूहरू निर्दोष रहेको टेलिफोनमार्फत बताएका छन् । आफूहरू निर्दोष भए पनि कम्पनीले फसाएको भन्दै बचाउका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । आफूहरू निर्दोष भएकाले सजायबाट जोगाई दिन आग्रह गरेका हुन् ।

घिमिरेले नेपालस्थित सिन्धुलीको जिल्ला विकास समितिअन्तर्गत सूचना तथा परामर्श केन्द्रमा फोन गरेर आफूहरूलाई बचाइदिन आग्रह गरेका हुन् ।बिनाकमजोरी जेल बस्नुपर्ने र सय कोर्रा लगाउँदा बाँच्ने सम्भावना कम भएको भन्दै उक्त सजायबाट आफूहरूलाई जोगाइदिन उनले नेपाल सरकारसँग अपिल गरेका हुन् ।

सूचना केन्द्रका परामर्शकर्ता रमा कार्कीका अनुसार घिमिरे र थापा क्षेत्री सिरहाका साथी शाहले थोत्रा फर्निचर बिक्री गर्दा पैसा आउने जनाएपछि उनकै लहैलहैमा लागेर कम्पनीले फ्याँकेका फर्निचर उठाएर बिक्री गर्न लैजाने तयारी गर्दा फसेका हुन् ।

अन्नपुर्ण पोष्टबाट

यो पनि हेर्नुस – सय कोर्रा खाएँ भने बाँच्दिन होला, मलाई बचाइदिनुहोस्

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK