साउदी अरबका प्रवासीलाई स्वास्थ्य र सुरक्षा चेतना

ENGLISH

NRN GLOBAL

साउदी अरबका प्रवासीलाई स्वास्थ्य र सुरक्षा चेतना

13 June, 2016 | Bipin Acharya | 550 Views | comments

वैदेशिक रोजगारीमा आएका नेपालीहरुलाई अकालमै हुने मृत्यु र स्वास्थ्य समस्याबाट जोगाउन पहिलो पटक सचेतना अभिवृद्धि अभियान कार्यक्रम गरिएको छ ।

health-sibir

साउदी अरबको जुबैलमा रहेका कामदार नेपालीहरुलाई विवेकशिल नेपालीको यहाँस्थित शाखाको आयोजनामा उक्त सचेतना प्रदान गरिएको हो ।जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्टमा आयोजित सो कार्यक्रममा साउदी अरबमै कार्यरत स्वास्थ्य तथा सुरक्षा सचेतक रमेश खत्रीले सहभागीलाई दुर्घटनाबाट सुरक्षित हुने उपाय र अपनाउनुपर्ने विधीहरुका बारे जानकारी गराएका थिए । उनले व्यक्तिगत स्वास्थ्य तथा कार्यस्थलमा अपनाउनु पर्ने सुरक्षाका बारेमा एवं त्यसतर्फ सचेतता नअपनाउँदा हुने क्षतिका बारेमा समेत अवगत गराएका थिए ।

उक्त सचेतना अभिवृद्धि कार्यक्रम नेपाली राजदुतावासका द्वितीय सचिव कुलबहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो । मगरले साउदी अरबमा मर्नेहरुको संख्या वार्षिक तीन सय बढी रहेको जानकारी दिँदै यस्ता सचेतना कार्यक्रमले नेपालीहरुको असमायिक मृत्यु हुनबाट जोगाउन सहयोग पुग्ने भन्दै कार्यक्रमको सह्रना गरे । उनले यस्ता कार्यक्रममा नेपाली राजदुतावासको साथ सहयोग समेत रहने जानकारी दिए ।

कार्यक्रममा नेपाली साझा मंचका अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठले प्रवासी नेपाली कामदारहरुले व्यक्तिगत स्वास्थ्य र सुरक्षालाई वेवास्ता गर्दा गम्भिर क्षति व्यहोर्नुका साथै कानुनी रुपमा पाईने आर्थिक राहत समेत गुमाउनु परेको चर्चा गर्दै सचेतता अपनाउन आग्रह गरे ।
श्रेष्ठले सचेतना अभियानको सह्रना गर्दै सरकार र सरोकारवाला संगठन र संस्थाले पनि प्रवासी कामदारहरुको सवालमा राजनीति मात्रै नगरी उनीहरुको स्वास्थ्य सुरक्षमा ध्यान दिए बाक्समा बन्दमा भएर जानपर्ने अवस्था समेतमा कमि आउने बताए ।

त्यसैगरी गैर आवासीय नेपाली संघका क्षेत्रीय सचिव अन्जनी कुमार अधिकारीले आफू आबद्ध संस्थाले यस्ता सवालमा ध्यान दिन नसेकाप्रति लज्जाबोध गर्दै आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनए जुबैलमा अध्यक्ष ओमप्रसाद फुयाँलले कार्यस्थलमा कामदारहरुले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर सुरक्षानीति अवलम्बन गरेर परिवारमा खुसी लिएर जान सकिने बताउदै स्वास्थ्य सुरक्षालाई ध्यान दिनु पर्नेमा जोड दिए ।

उक्त सचेतना अभिवृद्धि कार्यक्रममा आकस्मिक उपचारविधि र अग्नी नियन्त्रक उपकारण चलाउने तरिका समेत सिकाईएको थियो । गत १० जुनमा सम्पन्न सो कार्यक्रमको लेखु मिश्रले सभापतित्व, सूर्य लामाले संचालन गरेका थिए । कार्यक्रम संयोजक रबिन गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

स्वास्थ्य र सुरक्षाको चेतनाको अभावमा साउदी अरबमा मात्रै दैनिक जसो एक नेपालीको मृत्यु हुने गरे पाईएको छ । नेपालीहरुको मृत्यु विशेष गरेर सवारी दुर्घटना र हृदयघातका कारण हुने गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK