साउदीमा २३ नेपाली कामदार अलपत्र

ENGLISH

NRN GLOBAL

साउदीमा २३ नेपाली कामदार अलपत्र

शारीरिक र मानसिक रुपमा पीडित

15 July, 2016 | arjun baral | 3845 Views | comments

shoudi

साउदी अरबको दमामस्थित जुबेलमा २३ जना नेपाली कामदारको अवस्था निकै दहनीय बन्दै गइरहेको छ ।

अब्दुल मोहसिन अल मोउसा कम्पनीमा कार्यरत नेपालीको अवस्था दहनीय बन्दै गएको हो । पाँच महिनादेखि तलब समेत नपाएका उनीहरु स्वदेश फिर्नबाट बञ्चित छन् । कम्पनीले एक महिनादेखि खाना दिन समेत बन्द गरेपछि उनीहरु शारीरिक र मानसिक रुपमा पीडित बनेका छन् ।

जुबेल आरम्को पुल नजिकै बस्दै आएका उनीहरुले तलब दिलाएर स्वदेश पठाइदिन स्थानीय श्रम अदालतमा मुद्दा हालेपनि सुनुवाई हुन सकेको छैन् । ‘केही साथीले जनवरी र फेब्रुअरीदेखि तलब पाएका छैनन्,’ धिताल गाविस-४, कास्कीका दीपेनकुमार क्षेत्रीले कान्तिपुरलाई भने, ‘कम्पनीले खाना उपलब्ध गराउन छोडेको महिना दिन भन्दा बढी भयो । अहिले हाम्रो दैनिकी दिनहुँ कष्टप्रद बन्दै गइरहेको छ ।’

पीडित कामदारले जुन १४ तारिखबाट काम गरेको छैनन् । ‘हामी तलब रोकिएकोले एकदिन ड्युटी रोक्यौं । त्यही दिनबाट खाना रोकियो । भोलिपल्ट ड्युटी जान अनुरोध गरेको थियो । हामीले भोकै छौं । केही खाना खाएको छैनौं । खाने व्यवस्था गरिदिए जान्छौं भन्यौं,’ क्षेत्रीले भने,‘त्यसपछि कम्पनीका मुदिर फर्केर आएनन् । हामीलाई काममा हिँड भनेर कहिल्यै भनेनन् ।’

उक्त कम्पनी भारतीयले चलाएका हुन् । पीडितले तलब र स्वदेश फिर्तीको माग गर्दै श्रम कार्यालयमा मुद्दा दायर गरेको थियो । श्रमले कम्पनीलाई चारपटक बोलाए पनि उपस्थित हुन नगएको पीडितले बताए । ‘श्रमले पत्रचार गर्दा पनि कम्पनी गएन । अब हाम्रो मुद्दा उच्च अदालतमा जाला जस्तो छ,’ योगनारयण चौधरीले भने ।

पीडित कामदार पाँच महिनादेखि ५ वर्षसम्म कार्यरत छन् । गत फेब्रुअरी २४ मा आइपुगेका घ्याम्पेसाल-६, गोरखाका राजेश रम्तेलले नयाँ कामदारको अवस्था झन् निकै खरब भएको बताए । ‘८० हजार रुपैयाँ तिरेर साउदी आए । आएदेखि जम्मा दुईसय १७ रियाल मात्रै पाएको छु । आउँदा लागेको ऋण जस्ताको तस्तै छ । घरबाट पनि दबाब आइरहेको छ । यता कम्पनीको हालत यस्तो छ,’ उनले भने, ‘म्यानपावरले भने वास्ता गर्दैन् । काम गर मात्रै भन्छ । काम भए त गर्ने हो । त्यो पनि छैन ।’

उक्त कम्पनीमा काठमाडौं चक्रपथस्थित सिद्धार्थबुद्ध ओभरसिजबाट आएका हुन् । म्यानपावर आफ्नो जिम्मेवारीबाट पुरै पन्छिएको भन्दै नयाँ आउने कामदारले कारबाहीको माग गरेका छन् ।

त्यस कम्पनीमा कार्यरत पुराना कामदारको रकम राखिदिने भएकोले पुन फर्केर आउनुपरेको उनीहरुले बताए । ‘छुट्टीमा जाने बेला हामीले पाउने रकम राखिदिन्छ । मेरो ७ हजार रियाल राखेको थियो । छुट्टी काटेर आएपछि दिन्छु भनेपछि म फेरि यही कम्पनीमा आउनुपर्‍यो,’ क्षेत्रीले भने,‘नत्र आउनेवाला थिइनँ ।’

पीडितलाई हाल गैरआवासीय नेपाली संघ, साउदीबाट खाद्यान्य राहत मिलेको छ । ‘हामीलाई एनआरएनबाट राहत मिलिरहेको छ । उनीहरुलाई कतिदिनसम्म भन्ने हो,’ उनले भने,‘हामी यहाँबाट जतिसक्दो उद्धार होस् भन्ने चाहन्छौं ।’

अलपत्र परेका कामदारहरु :    
खोटाङका लक्ष्मण विष्ट,   जनकपुरका शम्भुकुमार यादव,   कास्कीका दीपेनकुमार क्षेत्री,   विश्वनाथ चिमौरिया,   गोरखाका राजेश रम्तेल, बाराका सिरि चौधरी,   बाग्लुङका झालबहादुर बिक,   रोल्पाका यामलाल भारती,   दाङका गंगाराम चौधरी,   नवलपरासीका योगनारायण चौधरी,   कुमार गुरुङ,   तनहुँका बलबहादुर थापा,   बाराका सुकदेव चौधरी,   रामनाथ बछार,   रुकुमका खडक चदारा,   खोटाङका महल सि. राई,   बाराका भरत चौधरी,   कास्कीका रमेशराज पौडेल,   हर्कराज तामाङ,   नवलपरासीका यमबहादुर राना,   तनहुँका दिलबहादुर आले, नवलपरासीका विक्रम कुमार श्रेष्ठ, र   रामायन केवट ।स्रोत:कान्तिपुर 

साउदीमा इतिहासकै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK