साउदीमा २३ नेपाली अलपत्र

ENGLISH

NRN GLOBAL

साउदीमा २३ नेपाली अलपत्र

22 February, 2018 | Kabiraj Adhikari | 2200 Views | comments

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना नेपाली कामदारले ७ महिनादेखि काम र तलव पाएका छैनन् ।

प्रिंस इन्टरनेशनल इपलोइमेन्ट सर्भिसबाट श्रम स्वीकृति लिएर उनीहरु साउदी गएका थिए । ‘हामीलाई अहिलेसम्म कम्पनीले काम र तलव दुवै दिएको छैन,’ सिराहाका रामजतन कामतीले भने,‘आएलगत्तै भोलिदेखि काम दिन्छु भन्यो । सात महिना वितिसक्दा पनि केही गरेको छैन ।’

अलपत्र पर्नेमा अधिकांस महनौर अर्नामा–१, सिराहाका छन् । जसमा सिराहका कामती, युधिर कामती, राम कुमार उराव, देब कुमार उराव, परमेश्वर उराव, प्रभात कुमार उराव, , सन्जू उराव, रंजीत उराव, संजय कुमार उराव, नबीन कुमार उराव, सगमलाल उराव र मुनेश्वर उराव रहेका छन् ।

त्यस्तै भोक्राहा–४ सुनसरीका हेमन्ता उराव, पबन उराव, रामलाल उराव, रंजीत उराव, कालो उराव, संदेब उराव, पुष्पलाल उराव, अशोककुमार उराव, दुहबी–८ सुनसरीका सीताराम उराव, उमेश उराव र रंगेली–२ मोरङका बोवालाल उराव रहेका छन् ।

उनीहरुले लामो समयसम्म कामबिहिन भएर वस्नुपर्दा ऋण भुक्तानी गर्न नपाइरहेको वताए । ‘न त माम खान पाईयो । न त काम । घर फर्कन चाहन्छौ भन्दा पनि कम्पनीले कुनै चासो देखाएको छैन’, सीतारामले वताए । पीडितले उद्धारको लागि नेपाली दूतावासलाई जानकारी दिइसकेका छन् । साउदीको श्रम बिभागमा पुग्दा पनि गुनासो सम्बोधन नभएको उनीहरुले वताए ।

पवन उरावले प्रहरीले चार पटक पक्राउ गर्दा पनि छोड्ने गरेको वताए । उनीहरुको साउदीको आवासीय अनुमति कार्ड (भिसा) समेत दिएको छैन ।पीडितले पठाउने म्यानपावरबाट उद्धार र कम्पनीसँग समन्वय हुन नसकेको वताए । – कान्तिपुर दैनिकबाट ।

साउदीमा २३ नेपाली कामदार अलपत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK