साउदीमा रहेका पीडित नेपालीहरुको समस्यालाई समाधान गर्न माग

ENGLISH

NRN GLOBAL

साउदीमा रहेका पीडित नेपालीहरुको समस्यालाई समाधान गर्न माग

नेपाली साझा मंचले मन्त्रालयमै बुझायो ज्ञापनपत्र

29 November, 2016 | Sandeep Bhattarai | 1165 Views | comments

ज्ञापनपत्र

वाई.आर. पौडेल नेपाली साझा मंचले साउदी अरबमा रहेका पीडित नेपालीहरुको समस्यालाई तत्काल सम्बोधन गर्न नेपाल सरकारसमक्ष तीन बुंदे माग राख्दै माग पुरा नगरिए संघर्षमा उत्रने चेतावनी दिएको छ ।

मंचले तत्काल साउदी अरबमा नयाँ कामदार पठाउन स्थगित गर्न, एक महिनाभित्रमा पीडितहरुको उद्धार साथै पीडितका परिवारलाई राहत उपलब्ध गराउन र ठग म्यानपावर कम्पनी र कर्मचारीहरुलाई कडा कार्वाही गर्न माग गरेको छ । मंचले माग पुरा नगरिए पीडितका परिवार र आमजनता सहित म्यानपावर व्यवसायीको कार्यालय, घर र डेराभित्रै पसेर धर्ना दिने साथै सिंहदरबार घेराऊ गर्ने चेतावनी दिएको छ । संघर्षको क्रममा भाद्र १६ गते दोहोरिए आफूहरु जिम्मेवार नहुने पनि ज्ञापन पत्र मार्फत जनाएको छ ।

सोमबार मंचका अन्तर्राष्ट्रिय अभियन्ता तथा अध्यक्ष रामकृष्ण घिमिरेको नेतृत्वमा उक्त तीन बुंदे माग सहितको ज्ञापन पत्र नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई बुझाइएको छ ।श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दिपक अधिकारीलाई भेटी ज्ञापनपत्र बुझाईएको हो ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण प्रसाद मैनालीले साउदी अरबमा देखिएका नेपाली नागरिकको समस्या समाधान गर्न नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय गम्भीर भएको र मन्त्रालयका सह सचिव तथा प्रवक्ता भरत भुर्तेलको संयोजकत्वमा यस सम्बन्धि कार्य भईरहेको बताउदै साउदीको समस्यालाई समाधन गर्न श्रम तथा रोजगार मन्त्रालय गम्भीर रुपले लागेकाले अहिले देखिएको समस्या चाँडै समाधान हुनेमा सचिव मैनालीले विश्वास व्यक्त गरे । सचिवसँगको भेटमा नेपाली साझा मंचका अध्यक्ष घिमिरेले साउदी अरबमा नेपाली नागरिकले हदैसम्मको दुःख कष्ट पाएको कारण नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालयले तत्काल सो समस्या समाधानको लागि आवश्यक कदम चाल्न जोड दिए ।

परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दिपक अधिकारीले साउदी अरबमा नेपाली नागरिकले भोगेका समस्या समाधान गर्न परराष्ट्र मन्त्रालय गम्भीर रहेको र सम्बन्धित मन्त्रालयसँग समन्वय गरी कार्य गरिरहेको जानकारी दिदै कामदारहरु पठाउने, वैदेशिक रोजगार व्यवसाय दर्ता गर्ने लगायतका कार्यमा परराष्ट्र मन्त्रालयसँग कुनै समन्वय गर्ने कार्य नगरिएको तथा नागरिकले दुःख पाएपछि परराष्ट्र मन्त्रालय गुहार्ने प्रचलन रहेको बताए । यसका बाबजुद उनले परराष्ट्र मन्त्रालयले आफ्नो ठाँउवाट गर्न पर्ने कार्य गरिरहेको र भावी दिनमा समेत यस्ता कार्य गरिरहने बताए । शिष्टाचार महापाल अधिकारीसँगको भेटमा अध्यक्ष घिमिरेले पीडित नागरिकको उद्धारको लागि गम्भिरतापूर्वक लाग्न आग्रह गरे जवाफमा अधिकारीले यसको लागि परराष्ट्र मन्त्रालय गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाए ।

मंचले यसअघि पूर्व प्रम तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि बाराको निजगढमा ज्ञापन पत्र बुझाएर साउदी अरबमा नेपालीहरुले पाईरहेको दुःख र समस्याका बारेमा ध्यानाकर्षण गराएको थियो । मंचले ज्ञापन पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति र वैदेशिक रोजगार व्यवसायी संघलाई पनि बुझाउने तयारी गरेको छ । ज्ञापन पत्रका साथमा अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठद्वारा प्रस्तुत साउदीमा देखिएको समस्या र समाधान विषयक कार्यपत्र पनि बुझाइएको छ ।

मंचको ज्ञापन पत्रमा “नेपालको अर्थतन्त्र वैदेशिक रोजगारमा गएका प्रवासी नेपालीहरुले पठाउने रेमिटेन्सले धानिरहेको सर्वविदितै छ । रेमिटेन्स पठाउने मुलुक मध्येको एउटा मूख्य मुलुक साउदी अरब पनि हो ।” उल्लेख गर्दै नेपाल २०७२ को भूकम्पले पीडित हुँदा र भारतीय नाकाबन्दीले चल्न चटपटाउन नपाउदा प्रवाशी नेपालीहरुको रगत पशिनाले आर्जेको रेमिटेन्सले त्यसबेला राष्ट्रको स्वाभिमान जोगाउन महत्वपूर्ण योगदान दिएको थियो । नेपालको विकाश बजेट समेत न्यून मात्रामा मात्रै खर्च भएको आजको वर्तमान अवस्थामा प्रवाशी नेपालीहरुले पठाएकै रेमिटेन्सले नेपाली बजार, उद्योग, व्यापार व्यवसाय धानिरहेको छ । राजनैतिक अस्थिरता र कर्मचारीहरुको अर्कमन्यताका कारण सरकारले विदेशी अनुदान र सहयोग समेत खर्च गर्न नपाई रहेका बेला राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, सेना, प्रहरी, कर्मचारी, उद्योग–व्यवसायी, मजदुर, किसान, शिक्षक, विद्यार्थी, खेलाडी, वैदेशिक रोजगार व्यवसायी र पत्रकार लगायतहरुको भान्सा र खल्तीमा समेत प्रवासी नेपालीहरुकै रगत पशिनाको रेमिटेन्सले भरिएको छ । यसरी अत्यन्तै महत्वपूर्ण योगदान पुराई रहेका प्रवासी नेपालीहरुको पीडा र समस्याहरु पत्रकारहरुको ब्रेकिंग र हट समाचार मात्रै बनिरहेका छन् भनिएको छ ।

त्यसैगरी प्रवासी नेपालीहरुको पीडा पटकपटक प्रधानमन्त्रीको भाषणको विषय भएका छन् तर मन्त्री र कर्मचारीहरुको कार्यान्वयनको विषय बन्न सकेको छैन ।समाचारका विषय भएका छन् तर नेपालका मजदुर, युवा, विद्यार्थी, शिक्षक, बुद्धिजीवि र राजनैतिक संगठन र मोर्चाका ऐजेण्डाको विषय बन्न सकेको छैन । कतिसम्म भने गैर आवासिय नेपाली संघ नेपाल ‘एनआरएनए’ नामक संस्थाको पनि महत्वपूर्ण विषय हुन सकेको छैन् । पछिल्लो क्रममा साउदी अरबमा रहेका प्रवासी नेपालीहरुले भोग्नु परेको समस्याको विषय नेपाली संचार माध्यमको छापा र प्रशारण माध्यम (रेडियो, टिभि)बाट पनि हराउन थालेका छन्, उनीहरुको दुखेसो छ ।

ज्ञापन पत्रमा साउदी अरबमा रहेका करीब ६ लाख नेपालीहरुको भविष्य मात्रै हैन अहिले ज्यान नै जोखिममा परेको छ । दैनिक हजारौ नेपालीहरु सडकमा आउन बाध्य हुने अवस्था सृजना भई रहेका छन् । ५ जना कामदारदेखि ५० हजारसम्म कामदार परिचालन गर्ने कम्पनीहरुले धमाधम तलब सुविधा कटौती गरिरहेका छन् । वर्षौदेखि काम गर्दै आएका कामदारहरुलाई खानबस्न समेत दिन नसकेर सडकको बास भई रहेको छ । महिनौदेखि तलब नपाएर भोकभोकै मर्नु परिरहेको छ । नयाँ कामदारहरु एयरपोर्टबाटै बिचल्ली परेर फरक कम्पनीमा अवैध कामदार हुन र बिनापारिश्रमिक काम गर्न बाध्य भई रहेका छन् । समस्यामा परेका कामदारहरुले सम्बन्धित मेनपावरसंग कुरा गर्दा आश्वासन समेत नपाई उल्टै डर–धाकधम्की सुन्नु परेको छ । प्रहरीको महानगरिय अपराध अनुसंधानको हटलाईन नभएको पैसा सक्ने माध्यम भएको छ ।

तर पनि केही भई हाल्छ कि भनेर पीडित कामदारहरुले फोन गर्नु उल्टै दुःख पाउनु सरह भएको छ, जति पटक फोन गर्यो उति पटक कथा सुनाउनु पर्छ । कहिल्यै उजुरी दर्ता गर्ने अधिकृत र उजुरी फेला पर्दैनन् । यता राजदुतावास आफै आजित भएको कथा सुनाउछ, उसले पठाएको प्रतिवेदन अनुसार कार्वाही हुन्न, बरु उसैलाई मेनपावर व्यवसायीले उल्टो थर्काउछ । गत १८ नोभेम्बरमा दुतावासले सर्वपक्षीय भेला गरेर साउदीको समस्या समाधान गर्न नसक्ने भनिसक्यो । राजदुवासका अनुसार साउदी सरकारसंग गरिएको पटकपटकका छलफल र आश्वासन कुरामा मात्रै सीमित भईरहेको पनि जानकारी दिइएको छ ।

साउदीको लेबर कोर्टले कामदारहरुको समस्यालाई गम्भिरतापूर्व लिए पनि निर्णय कार्यान्वयन गराउन सकिएरहेको छैन । यसो हुनुमा साउदी सरकार आफैले कम्पनीहरुलाई दिनुपर्ने १ सय ६० बिलियन रियाल भुक्तानी गर्न बाँकी छ, अरबन्यूजहरुले प्रकाशित गरेका छन् । यस वर्ष दिनुपर्ने मध्ये ४० बिलियन मात्रै भर्खर भुक्तानी दिएको समाचारमा छ, यस्तो अवस्थामा पनि आकाशपाताल जोडेर लाखौ रुपैयाँ भन्दा बढी लिएर मासिक १५ हजार नेपाली युवाहरुलाई अलपत्र पार्न मेनपावरले पठाई रहेको छ । नेपाल सरकारले मौनता साँधेर चुपचाप श्रमस्वीकृति लगायतका नाममा राजस्व संकलन गरिरहेको छ । साउदी अरबमा अलपत्र परेका पुरुष तथा महिला नेपाली कामदारहरुलाई राहत दिन र उद्धार गर्न वैदेशिक रोजगार कल्याण कोषले अहिलेसम्म एक सुको खर्च नगरेको भन्दै ज्ञापन पत्रमा आक्रोश व्यक्त गरिएको छ ।

मंचले बुझाएको ज्ञापन पत्रमा नेपालको राजस्वमा राहदानी बनाउदादेखि विदेशमा मरेर बाक्समा प्याक भएर नेपाल आउदा पनि योगदान दिदै आएका प्रवासी नेपालीहरुलाई निरन्तर वेवास्ता गरिएकोमा अत्यन्तै दुखित भएको र सहने क्षमताको सीमाले पनि परकाष्ठ नाघिसकेको उल्लेख गरिएको छ ।

नेपाली साझा मंचद्वारा काँचो सुन प्रतिबन्ध नीति विरुद्ध ऐक्यबद्धता जनाउन आग्रह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK