साउदीमा ‘न्यु अन्नपूर्ण गोल्डकप २०१७’ हुँदै

ENGLISH

NRN GLOBAL

साउदीमा ‘न्यु अन्नपूर्ण गोल्डकप २०१७’ हुँदै

पूर्ण सुहाङ, साउदी अरव

4 September, 2017 | Sandeep Bhattarai | 975 Views | comments

साउदीमा ‘न्यु अन्नपूर्ण गोल्डकप २०१७’ हुँदै

इस्लाम धर्मवलम्वीहरुको महानपर्व बक्रा इदको उपलक्ष्यमा अरबमा मिल्ने लामो छुट्टिलाई नेपाली समुदायको लागी मनोरञ्जनात्मक बनाउने उदेश्यले न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबले “आन्पुर्ण गोल्डकप २०१७ ” को आयोजना गरेको छ ।

हिमाल एयरलाइन्स,हिमाल रेमिट र आईएमइ बैंक देखि गेष्टहाउस सम्मको सहकार्यमा न्यु अन्नपूर्ण गोल्डकप शुचारु हुने भएको हो ।अघिल्लो वर्ष पनि यस क्लबले तत्कालीन परराष्ट मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख अतिथिमा फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । बिदेशी भुमिमा पनि न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबको फुटबल प्रतिको लगनशिलता र मेहनतले यस वर्ष साथ , सहयोग धेरै पाएको न्यून अन्नपूर्ण स्पोर्ट्स क्लबका अध्यक्ष श्री प्रसाद यवा लिम्बुले बताउनु भयो ।

यवाले भन्नू भयो ‘ यस वर्ष खेल प्रतियोगिता हुनु अगाबै अपेक्षा भन्दा धेरै साथ सहयोग र हौसला पाएका छौं तर चुनौतीहरु पनि यो पटक धेरै थिए र छन प्रतियोगितालाई अनुशासित , मर्यादादित र लोकपि्रय बनाउन अन्तिम चरणमा जुटिरहेका छौं ‘ अघिल्लो वर्ष २५ हजार रियल घाटा लागेको बताउने न्यु अन्नपूर्ण स्पोर्ट्स क्लबले एक वर्ष अवधी भित्र नेपाली मात्र नभएर स्थानीय साउदिको मन जितेको छ ।

अध्यक्ष यवाले फुटबल प्रती गराएको ब्रीफिङ र देखाएको लगनशीलताबाट प्रफुलित सोन्स अफ सलिम माघलुथ अरबिक कम्पनिले १६ हजार २ सय साउदी रियल (नेपाली ४ लाख माथी ) दिएका छन साथै दुई दशक देखि साउदीमा व्यवसाय गर्दै आउनुभएका अलबदर ट्रेनिङ कम्पनीका प्रोपाइटर जोन अर्यालले खेल अवधिभर लाग्ने खर्चको आधा हिस्सा बेहोरिदिने प्रतिबद्धता गर्नुभएको छ भने न्यून अन्नपूर्ण स्पोर्ट्स क्लबलाई हिमाल रेमिट बैंक , ग्लोबल आइएमइ बैंक , काठमाडौको वर पिपल गेष्ट हाउस र दमाममा भर्खरै मात्र खोलिएको हिमालयन एयरलाइन्सले हातेमालो गरिदिएको छ ।

प्रचार प्रासार संयोजक अन्जनी अधिकारीका अनुसार जुवेलको प्रतिष्ठित मैदानहरु मध्येको अल हवालयात खेल मैदानमा खेल आइतबार बिहान ९ बजे देखि सुचारु हुन्छ र ३ बजे बन्द हुनेछ । खेल समय २० मिनेट , ५ मिनेट आराम गर्दा प्रतेक ग्याम ५० मिनेटको हुनेछ बाकी फिफा नियम अनुसार खेल हुनेछ ।

सेक्टेम्बर ३ बाट शुरुभएको यश प्रतियोगीको फाइनल ५ सेक्टेम्बरमा साउदिका लागि नेपाली राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिहं राजपुतको हस्तबहुलिबाट हुनेछ । यस फुटबल प्रतियोगिता अवधिभरको प्रत्यक्ष प्रसार नेपाल सरकार द्वारा मान्यता प्राप्त डिसि नेपाल , गोल डटकम , तिनजुरे अनलाइन र सैलुङ अनलाइनले गर्नेछन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK