साउदीमा नेपालीलाई अलपत्र पार्ने बदमास कम्पनीहरुको खोजी हुँदै

ENGLISH

NRN GLOBAL

साउदीमा नेपालीलाई अलपत्र पार्ने बदमास कम्पनीहरुको खोजी हुँदै

20 January, 2017 | Sandeep Bhattarai | 1295 Views | comments

साउदीमा नेपाली

नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमा पर्ने साउदी अरेबियाका केही कम्पनीहरुले नेपाली कामदारलाई समयमै तलब नदिने, अलपात्र पार्ने र दुःख दिने कम्पनीहरुलाई कालो सूचीमा राखी ती कम्पनीहरुमा कामदार पठाउन नदिने भएको छ ।

समाचार अनुसार श्रम तथा रोजगार मन्त्रालयले ती मुलुकमा नेपाली कादारले बढी दुःख पाएका कम्पनीहरुलाई कालो सूचीमा राख्दै ती कम्पनीमा नेपाली म्यानपावरले कामदार पठाउन नपाउने व्यवस्था गर्न लागेको हो ।

मन्त्रालयले अहिलेसम्म सबैभन्दा बढी नेपालीले दुःख पाएका, तलब समयमा नपाएका र श्रम सम्झौता अनुसारको सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमाराख्दै ती कम्पनीमा अब कामदार पठाउन हुँदैन् भनेर यो निर्णय भएको बताएको छ ।

अहिले रियादस्थित नेपाली दूतावासले नेपालीलाई बारम्बार समस्या भएकाले कालोसूचीमा राख्नुपर्ने कम्पनीको विवरण तयार गर्दैछ । त्यो सूची प्राप्त हुनासाथ ती कम्पनीमा नेपाली पठाउन पूर्ण रुपमा बन्द गरिने बताइएको छ ।

त्यस्तै अब सरकारले आफूले पठाएका कामदारको जिम्मा सम्झौता अवधिभर जिम्मा लिन र अप्ठोरो परे आफैंले नेपाल झिकाउन म्यानपावरलाई नै जिम्मेवारी दिने भएको छ ।

साउदीका कामदार सप्लाइ गर्ने दलाल कम्पनीले कामदार लैजाँदा तोकिएको समयअवधिभित्र काम नदिए एक्जिक्ट भिसा र हवाइ टिकट दिएर कामदार फर्काउनुपर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

यसको ग्यारेन्टी पठाउने म्यानपावरले नै त्यस्ता एजेन्सीसँग लिनुपर्ने व्यवस्था गर्न लागिएको छ । पछिल्लो समयमा यस्ता एजेन्टहरुले लगेका नेपाली कामदार रोजगार नै नपाएर साउदीमा अलपत्र पर्ने क्रम उच्च भएको छ ।

अहिले नेपाली म्यानपावरले खाडीका देशमा सक्रिय भारतीय, पाकिस्तानी, बंगालीलगातय विभिन्न देशका एजेन्टसँग पैसा लिएर नेपाली कामदार पठाइरहेका छन् ।

कामदार पठाउँदा काम गर्ने कम्पनी नै तोकिएको हुँदैन । तर, वैदेशिक रोजगार विभागका अधिकारीसँगको मिलेमतोमा कामदारलाई श्रम स्वीकृति दिइन्छ ।

साउदी दूतावासमा बस्दै आएका ५३ जना कामदारले पाए ‘एक्जिट भिसा’ (भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK