साउदीमा दुर्घटनामा परेका समबहादुरलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

साउदीमा दुर्घटनामा परेका समबहादुरलाई आर्थिक सहयोग

18 July, 2016 | arjun baral | 3225 Views | comments

sam badhur

साउदी पुगेको ४ महिनामै दुर्घटनामा परेर फर्किएका लम्जुङका समबहादुर थापा मगरलाई साउदीमा कार्यरत नेपालीले २ लाख ८१ हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल मगर संघ प्रवास शाखा साउदीको सक्रियतामा संकलन गरिएको सहयोग रकम आइतबार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

साउदी गएको चारमहिना नबित्दै समबहादुर शौचालयमा लडेर बेहोस हुनु भएको थियो । साथीभाइको सहयोगमा तत्काल अस्पताल पुर्‍याएर उपचार थालिएका समबहादुरको दुई महिना पछि मात्रै होस खुलेको थियो । पुर्ण रुपमा अझै ठिक भइसकेको छैन । अझै पनि प्रश्ट बोल्न र हिँडडुल गर्न सक्नुहुन्न ।

sam bhadur 2

दुर्घटनामा परेका मगरको स्वास्थ्य अवस्था बुझ्न साउदी कम्पनी समेत अस्पताल नगएपछि मगर संघले थप पहल थालेको थियो । वरिष्ठ सल्लाहकार हुमसुनारी मगरले नेपाली दूताबासमा जानकारी गराएर सहयोगका लागि आग्रह गर्नु भएको थियो । यस्तै म्यानपावर र कम्पनी मालिकलाई पनि उपचारमा सहयोग गर्न दवाव दिइएको थियो ।

साउदी–जर्मन अस्पतालले तीन महिना १२ दिनपछि डिस्चार्ज गर्ने जानकारी गराएपछि उहाँलाई नेपाल फर्काउन दूतावासले प्रक्रिया मिलाएको थियो । समबहादुर र साथमा नेपाल आउने सहयोगीलाई टिकटको व्यवस्था गर्न दूतावासले कम्पनी मालिक र म्यानपावरलाई निर्देशन दिएको थियो ।

समबहादुरको उपचारमा साउदी–जर्मन अस्पतालका डा मोहमद आदेल याहयाले व्यक्तिगत जिम्मा लिएर झण्डै डेढ करोड रुपैयाँ उपचारखर्च मिनाह गरेको नेपाल मगर संघ साउदी अरब शाखाका प्रवक्ता रिवान्त सिन्जाली मगरले जानकारी दिनुभयो ।

साउदीमा २३ नेपाली कामदार अलपत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK