साउदीमा तीन महिनायता १७ नेपाली कामदार अलपत्र

ENGLISH

NRN GLOBAL

साउदीमा तीन महिनायता १७ नेपाली कामदार अलपत्र

डिल्लीराम खतिवडा

17 July, 2017 | Bipin Acharya | 845 Views | comments

साउदीको यनवुमा तीन महिनायता १७ नेपाली युवक अलपत्र परेका छन् । काम गर्ने कम्पनीले सेवा सुविधासहितको तलब नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।

इमास्को नेपाल प्रालि सामाखुसी र नाइल ओभरसीज प्रालि सिनामंगलमार्फत कामका लागि त्यहाँ पुगेको युवक समस्यामा परेका छन् । २०७२ साल चौतमा काम लागि इमास्को र नाइलमार्फत साउदी अरबको सादत अल अमिद कम्पनीका लागि ती युवक त्यहाँ पुगेका हुन् ।

क्लिनिङ वर्करका लागि भनेर त्यहाँ पुगेका उदयपुर, सिराहा, सप्तरी, मोरङ, सुनसरी, लमजुङ, कास्की र धादिङका १७ युवक अलपत्र परेको उदयपुरको चौडण्डीगढी नगरपालिका–१ चौडण्डीगढीका बाबुराम रेग्मीले बताए । ‘काम गर्न गएको कम्पनीले नेपालमा भने जस्तो सेवा सुविधा दिएन’रेग्मीले भने, ‘समयमा तलब पनि नदिने र सम्झौताअनुसारको सुविधा पनि दिइएन ।’सेवा सुविधाको कुरा गर्दा उल्टै कम्पनीले निकाली दिएपछि समस्यामा परेको उनले बताए ।

नेपालबाट जाँदा साउदी रियाल १ हजार दिइने भनिएको थियो । इमास्को नेपाल प्रालिसँग भएको सम्झौतामै साउदी रियाल हजार दिने भनिएको अर्का पीडित प्रेमकुमार वाइबाले बताए ।

‘खाने बस्ने व्यवस्थासहित हजार रुपैयाँ साउदी रियाल दिने भनिएको थियो’वाइबाले भने, ‘तर साउदी पुगेपछि ८ सय रुपैयाँ दिने भनिए पनि समयमै भुक्तानी दिएन ।’सेवा सुविधालगायतका विषयमा कुरा गर्दा कम्पनीले निकाली दिएपछि विचल्लीमा परेको उनले बताए । विचल्लीमा परेका १७ युवकको झण्डै ९ महिनायता तलब दिइएको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK