साउदीमा इतिहासकै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता सम्पन्न

ENGLISH

NRN GLOBAL

साउदीमा इतिहासकै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता सम्पन्न

12 July, 2016 | Sandeep Bhattarai | 4190 Views | comments

सुरेशराज त्रिपाठी, रियाद – मुस्लिम समुदायको महान पर्व इद अल फितरको उपलक्ष्यमा रियाद लांघाली स्पोर्ट ग्रुपद्वारा आयोजित साउदीअरब स्तरिय अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता ०५ जुलाई २०१६ साँझ देखी सुरु भएर ०७ जुलाई २०१६ साँझ समापन भएको थियो ।

vo

उक्त भलिबल प्रतियोगिताको उद्घाटन (खेलको सुरुवात) कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुताबास, रियादका कार्यबाहक राजदुत श्री आनन्द प्रसाद शर्मा ज्यु र कार्यक्रमका सभापति तथा संयोजक, रियाद लांघाली स्पोर्ट ग्रुपका अध्यक्ष श्री दिपक रेग्मी ज्युबाट भएको थियो । गेम खेल्न र हेर्न धेरै टाढा टाढा देखी खेलाडि तथा दर्शकहरु ( लगभग ५,००० माथि नेपाली दाजुभाइहरुको उपस्थिती रहेको थियो ) आएका थिए भने नेपाली राजदूतावास परिवार रियादको पनि उपस्थिती रहेको थियो र उक्त खेलमा जम्मा ४४ वटा टिमहरुको सहभागीता रहेको थियो ।

साउदीअरबमा रहेका बिभिन्न नेपाली संघ संस्था, समुदायहरुको आयोजनामा प्राय: भलिबल प्रतियोगिता भैरहने भए पनि यो प्रतियोगिता भने साउदीअरबको इतिहासमै सबैभन्दा ठुलो भलिबल प्रतियोगिता थियो । साउदीअरबमा नेपालीहरुले आयोजना गरेको भलिबल प्रतियोगितमा एकै पटक यती धेरै दर्सकहरुको उपस्थिती र यती धेरै टिमहरुको सहभागीता भएको पहिलो रेकर्ड हो । एकदमै प्रतिस्पर्धात्मक यस खेल निकै नै रोमान्चकारी भएको थियो भने खेलको अन्तिमसम्म पनि दर्शकहरु भोक, प्यास, निन्द्रा, घाम केही नभनी एकदमै उमङ्गका साथ हुटिङ गर्दै गेमको मज्जा लिरहेका देखिन्थे र खेलाडीहरु पनि अती नै उत्साहित र जोशका साथ गेममा भिडिरहेका देखिन्थे ।

vo1

अन्तमा यस भलिबल प्रतियोगिताको प्रथम उपाधी दम्माम स्पोर्टस क्लबले हात पार्न सफल भएको थियो भने दोस्रो उपाधी मेची महाकाली टिमले हात पारेको थियो र तेस्रो उपाधी पश्चिमान्चल टिमले हात पारेको थियो । आयोजक रियाद लांघाली स्पोर्ट ग्रुपद्वारा प्रथम हुने टिमलाई रु. ८७,००० , कप , मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई रु. ५८,००० , कप, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमलाई रु. २९,००० , कप, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK