साउदीमा अलपत्र १० नेपाली युवाहरुलाई फर्काउन मेनपावर सहमत (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

साउदीमा अलपत्र १० नेपाली युवाहरुलाई फर्काउन मेनपावर सहमत (भिडियो सहित)

11 July, 2017 | Sandeep Bhattarai | 750 Views | comments

नेपाली युवा

वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेर अलपत्र परेका १० जना नेपाली युवाहरुलाई त्यहाँ पठाउने मेनपावर कम्पनीले सम्पूर्ण खर्च व्यहोरेर नेपाल ल्याउन लिखित सहमति गरेको छ ।

वैदेशिक रोजगार विभागमा नेपाली साझा मञ्च साथी अभियानको सहयोगमा पीडितका परिवारले साउदी अरबमा विचल्ली परेका उनीहरुलाई सकुशल नेपाल ल्याइदिन र परिवारलाई राहत समेत उपलब्ध गराउन माग गर्दै उजुरी गरेपछि लक्की एचआर मेनपावरले सोमबार लिखित सहमती गरेको हो ।

वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीका संचालक ऋषि शर्मालाई बोलाई कारवाही अघि बढाएपछि सोमबार भएको सहमतीमा रोजगारदाता कम्पनी र नेपाली राजदुतावाससंग समन्वय गरी पीडित १० जनालाई उद्धार गरेर यथाशीघ्र नेपाल ल्याउने उल्लेख गरिएको छ ।

नेपाली साझा मंच अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठका अनुसार पीडितहरुलाई नेपाल ल्याई सकेपछि क्षतिपूर्ति एवं राहतका विषयमा पुनः छलफल गरिने मौखिक सहमति पनि भएको साथी अभियानकी संयोजक शारदा भुषाल झाले बताएकी छिन् ।

पीडितहरुका अनुसार गत विहिबार राती सलमान हसन अल मार्थु कम्पनीका कपिलले मध्यरातमा कुटपिट गर्दै ज्यानमार्ने धम्की दिएर सुत्न समेत नदिई लेखेटेर केहीलाई अज्ञातस्थलमा पुर्याएर छाडेपछि उनीहरु हारगुहार गर्दै शुक्रबार बिहान दम्माम सिको गार्डेनमा पुगेर नेपाली साझा मंच राष्ट्रिय समन्वय समितिको सम्पर्कमा आएका थिए ।

मंचले तत्काल राजदुतावासका श्रम सहचारी अम्बिका अधिकारी, स्थानीय कर्मचारी हरि घिमेर, मेनपावरका प्रतिनिधि एमएस कापरी र साथी अभियानकी संयोजक झासंग समन्वय गरेर उनीहरुलाई खान, बस्न र परिवारलाई सकुशल रहेको सूचना प्रवाह गर्न सहयोग गरेको थियो ।

गत सोमबार साउदी अरब आईपुगेका मेनपावर कम्पनीका कापरीले पीडितहरुको उद्धारका लागि हरसम्भव प्रयास गर्ने प्रतिबध्दता व्यक्त गर्दै पीडितहरुलाई भेटेर खान बस्न र अन्य खर्चका लागि चिन्ता नगर्न भनि भनेको पीडितहरुले बताएका छन् ।

त्यसरी पीडित हुनेहरूमा जनकबहादुर खत्री जाजरकोट, बमबहादुर बस्नेत दैलेख,मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेखबहादुर विश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुम रहेका छन् ।

नेपाली युवा

नेपाली साझा मंचले पीडितहरुले उद्धारका लागि अपिल गरेको भिडियो सार्वजनिक गर्दै उनीहरुको उद्धारका लागि साउदी स्थित नेपाली राजदुतावास, राष्ट्रिय मानव अधिकार आयोग र वैदेशिक रोजगार विभागमा अनुरोध गरेका थिए ।

भिडियो-

साउदीमा अलपत्र परेका अाठ जना नेपाली महिलाकाे उद्धार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK